पठाइयो पोख्रेललाई ५ दिनको पुलिस रिमाण्डमाः बिजनबारीमा बढ्यो विरोधको गर्मी

सञ्जय निरौला


बिजनबारीः रेलिङ कैजले समष्टि सभासद तथा गोजमुमो नेता सतिश पोख्रेललाई बिनाकारण पक्राउ गरेको भन्दै बिजनबारी खण्ड समष्टिका मोर्चा समर्थकहरु सडकमा उत्रिए। बिहान लगभग 11 बजे सभासद पोख्रेलको गाउँ रेलिङमाबाट शुरु भएको ऱ्याली पुलबजार थानामा पुग्यो। लगभग २०० जना भन्दा बेसी मोर्चा समर्थकहरूले थानामा मेमोरेन्डम बुझाएको छ। खण्ड विकास कार्यालय जल्नुमा सभासद्को कुनै हात नरहेको उनीहरूको दाबी थियो। उउनीहरूले यथाशीघ्र पोख्रेलको रिहाईको माग गरेका छन्। उनलाई मुक्त नगरे उनीहरूले आन्दोलन उग्र गर्नेसमेतको चेतावनी दिएका छन्।

ऱ्यालीमामा बङ्गाल सरकार बिरोधी नारा लागेको थियो।

याद रहोस्, अस्ति रातिदेखि उग्र बनेको बिजनबारीको माहोल दिनोदिनै अझ उग्र बन्दै गइरहेको छ।

खण्ड विकास कार्यालय आगलागी भएपछि तातेको माहोल हिजो राती लगभग ९ बजे सभासद् पोख्रेललाई पकाउ परेपछि अझै तातिएको हो। एकातिर खण्ड विकास कार्यालयमा कसले आगजनी गरेको हो, त्यसमा पनि मोर्चाले शङ्का गरेको छ। यो घटनाकै कारण सभासद्लाइ पक्राउ गरिएको  हो अथवा अरू नै कारण हो, प्रशासन बोल्न चाहेको छैन।

प्रशासनले सभासद पोख्रेललाई ५ दिनको पुलिस रिमाण्डमा पठाएको थाहा लागेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन