‘बिजनबारीमा दन्किनसक्छ विद्रोहको आगो’

बिजनबारीः चुङथुङ मेरीबुङ तामसाङ समष्टि सचिव शरण लामाले बिजनबारीमा बिद्रोहको आगो सल्किनसक्ने बताएका छन्। सभासद् सतीश पोख्रेलको पक्राउपछि बिजनबारीमा तनाव बढेको छ। उनको पक्राउले मोर्चा कार्यकर्ताहरू आक्रोशित बनेका छन्।

लामाले दार्जीलिङमा भएको लाठी चार्जको पनि भर्त्सना जनाएका छन्। ‘ममता सरकारले पहाड़मा आगोसँग खेल्न काम गरिरहेको छ,’ लामाले भने, ‘जसरी हनुमानको पुच्छरमा लागेको आगोले रावनको लङ्का जलायो त्यसरी नै पहाड़बाट ममता विरूद्ध गरिको विद्रोहको आगोले बङ्गालमा टीएमसीको साम्राज्य नै जलेर खरानी हुनेछ।’

मोर्चाले भारत देशको सम्विधानको धारा 3(क) अनुसार गोर्खाहरूको सानो 30 औं राज्य गोर्खाल्याण्ड निमार्ण होस् भनेको बताउँदै उनले देशलाई गोर्खाहरूले धेरै दिएको अनि अब देशले गोर्खाहरूलाई दिने समय आएको पनि बताए।

‘गणतान्त्रिक पद्धति शिरोपर गरेर आन्दोलन गरिरहेका छौँ, जो सफल हुनेछ। तर सभासद्लाई बिनाकारण पक्रिने जुन काम भएको छ, त्यो सही होइन’ उनले भने, ‘बिजनबारीमा जनता आक्रोसित छन्, यो आक्रोसले कुनै क्षति पुऱ्याए त्यसको जिम्मा पुलिस प्रशासनको हुनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन