हामी सहयोग गर्छौँ तर हाम्रो शर्त छ- ‘गोर्खाल्याण्डबाहेक अरू कुनै कुरामा सम्झौता हुनुहुँदैन’

सिलगढीः अहिलेसम्म निष्क्रिय रहेको सिलगढी गोर्खा जनमुक्ति महकुमा समिति फेरि सक्रिय बन्ने भएको छ। समितिले आज एउटा वैठक गऱ्यो। समिति अध्यक्ष शङ्कर अधिकारीले यसपल्ट तराईबाट मोर्चालाई सशर्त सहयोग गर्ने बताएका छन्।

‘पहिले पनि गोर्खाल्याण्ड भन्यो, हामी तराईँमा सडकमा उत्रियौँ, आन्दोलनलाई तीब्र बनायौँ तर पछिबाट मोर्चाले जीटीए थाप्यो,’ अधिकारीले खबरम्यागजिनसित भने, ‘यसपालि फेरि गोर्खाल्याण्ड आन्दोलन हुँदैछ। यसपल्ट पनि हामी मोर्चालाई तराईबाट पहिलेजस्तै सहयोग गर्नेछौँ। आन्दोलनमा उत्रनेछौँ तर यसपल्ट मोर्चाले गोर्खाल्याण्ड बाहेक कुनै पनि कुरामा सम्झौता गर्नु हुँदैन।’

उनले अघिल्लो आन्दोलन जीटीएमा थन्किएकोले आफूहरूको योगदान खेरो गएको भन्दै यसपल्ट यस्तो हुनु नहुने बताए। मोर्चाले सामुहिक वैठक बोलाएर राम्रो काम गरेको अनि उप्रान्त आन्दोलन जबसम्म गोर्खाल्याण्ड प्राप्त हुँदैन तबसम्म जारी राख्नुपर्ने पनि उनले बताएका छन्।

बैठकमा सिलगढीमा शान्ति ऱ्याली गर्ने, 15/15 दिनमा विभिन्न कार्यक्रमहरू गरिरहने अनि हस्ताक्षर अभियान गरेर प्रधानमन्त्री, वित्तमन्त्री, रक्षामन्त्रीलाई पठाउने पनि अधिकारीले बताएका छन्। सिलगढी महकुमा समितिले उप्रान्त सिलगढीका हरेक घर पुगेर अनेपालीहरूलाई समेत गोर्खाल्याण्डबारे बुझाउने अनि उनीहरूको समर्थन बटुल्ने पनि उनले बताएका छन्।

वैठकमा नारी मोर्चा केन्द्रिय समितिका सन्ध्या गुरूङ, बाबु लामा, युवा मोर्चाका राम प्रधान लगायतका उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन