बन्दमा तनाउः व्यापारीहरूले पुलिसको सुरक्षा लिएर खोले दोकानपाट

नन्दु पौड्याल


डुवर्सः जोइन्ट फोरमले न्यूनतम मजदूरीको मागमा डाकेको दुइ दिनव्यापी बन्दको आज दोस्रो दिन डुवर्सको नगरकट्टा बजारमा व्यवसायी तथा बन्दकारी माझ केही तनाव सृष्टि भएको देखियो। बन्द अवधी केही व्यापारी संस्थानहरु बन्द थियो भने केही खुल्ला नै रहेको थियो। अपराह्न भगतपुर चियाबारी तिरबाट आएको जोइन्ट फोरमको जुलुसले व्यवसायीहरूलाई दोकान पाट खोलाउन लगायो। अगावैदेखि नगरकट्टा बजारमा बन्द असफल पार्न डटेर रहेका तृणमूल कार्यकर्ताहरुले स्थानीय व्यापारीहरूलाई निवेदन गर्दै दोकानहरु खोल्न लगाएका थिए। एक समुहले खोल्न लगाउने अनि अर्कोले बन्द गर्न लगाउने किचातानीबिच व्यापारीहरूले आफुहरूलाई दुविधा भएको बताए।

बन्दकर्ता अनि तृणमूल कार्यकर्ताहरुबिच यसै विषयमा भनाभैरी भयो। अर्कोतिर जुलुस नै निकालेर स्थानीय व्यापारीहरूले नगरकट्टा थानालाई घेराउ गऱ्यो। थाना परिसरमा माहौल गरम भएपछि माल महकुमा पुलिस अधिकारी, सर्कल अधिकारीहरू लगायत अतिरिक्त पुलिसब थानामा आएको थियो।

तिनैपक्षलाई लिएर थानामा एउटा बैठक पनि सम्पन्न भयो। बैठकमा बजारमा पुलिसबल तैनाथ गरे मात्र दोकान खोलिने बताएपछि व्यापारीहरूले दोकान खोलेका थिए।

नगरकट्टा बजार व्यवसायी समितिका सभापति अकबर अलीले भने, ‘एउटा समुहले आएर भन्छ दोकान खोल अर्कोले भन्छ बन्द गर। यसैले हामी व्यापारीपर्ग दुविधामा परेका थियौं। त्यस कारण हामी प्रशासन समक्ष हाम्रो कुरा राख्न गएका थियौँ। पुलिस अधिकारीहरुसित बैठक पनि भयो। पुलिसले सुरक्षा दिने बताएपछि दोकान पाट पुनः खोलिएको हो।’

नगरकट्टा खण्ड तृणमूल कमिटीका सभापति तथा जलपाईगढी जिल्ला कर्माध्यक्ष अमर नाथ झाले भने, ‘हामी बन्दको विरोधमा छौं। बन्दको कारण आज हिलमा करोडौँको क्षति भएको छ। व्यापारीहरूले आर्थिक क्षति वहन गर्न परिरहेको छ। यस राज्यमा पहिला पनि ३४ वर्षको शासनकालमा बन्दको कारण राज्यले विकास गर्न सकेन। विद्यार्थीहरुको स्कूलमा परीक्षा छ। बन्दले उनीहरू स्कूलमा जान सकेका छैनन्।’

बन्दको कारण विद्यार्थीहरुको भविष्य पनि खराब भएको झाले भने। ‘आज हाम्रा पनि कार्यकर्ताहरु गरम भएको भए वातावरण अझ बिग्रेर जाने थियो। तर हामीले कुनै पनि समस्याको समाधान मारपिट होइन आपसी सहमति अनि वार्ताद्वारा गरिनु पर्नेमा जोड दिँदै आएका छौं। तर सबैचिजको एउटा सीमा हुन्छ। त्यो नाघ्न कसैले पनि हुँदैन,’ उनले अझ भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन