गोर्खा सैनिक नायक जीतबहादुर थापा शहीद

देहरादुनः नौगाम सेक्टरमा भएरको आतङ्की मुठभेडमा परेर गम्भिर रूपमा घाइते बनेका देहरादुन निवासी गोर्खा सैनिक नायक जीतबहादुर थापा शहीद बनेका छन्। उनले दिल्लीस्थित राष्ट्रिय राइफल्स अस्पतालमा गत आइतबार अन्तिम श्वास लिए। शहीदको पार्थिव शरीर सोमबार साँझ देहरादुन ल्याएर गढी केन्ट स्थित मिलिटेरी अस्पतालको मार्चेरीमा राखिएको थियो। आज बिहान अन्तिम दर्शनका निम्ति पार्थिव शरीर उनको बञ्जारावालास्थित आवासमा लगिएको छ।

गत 7 जुनका दिन जम्मु काश्मिरको कुपवाडा जिल्लाको नौगाम सेक्टरमा भएको आतङ्की मुठभेड अवधि उनको देब्रे भागको पश्चिल्लोतर्फ अनि पेटमा ग्रिनेडको छर्रा लागेको थियो। जसको कारणले गर्दा उनी घाइते बनेका थिए।  घाइते भएपछि उनलाई तुरन्तै श्रीनगरको मिलिट्री अस्पताल लगिएको थियो। तर उनी अस्पताल पुग्नभन्दा अघि नै कोमा अवस्थामा पुगिसकेका थिए। उनको अवस्थालाई केन्द्र गर्दै मिलिट्री अस्पतालका चिकित्सकहरूले उनलाई 8 जुनका दिन दिल्लास्थित राष्ट्रिय राइफल्स अस्पतालका निम्ति रेफर गरिदिएको थियो। जहाँ चार दिनसम्म कढा सङ्घर्षपछि जीवन र मृत्युको लडाइँमा जुझ्दै उनले अन्तिम श्वास लिएका हुन्।

जानकारी गराइन्छ, 37 वर्षिय शहीद जीतबहादुर सिंह थापा 4/1 गोरखा राइफल्समा कुपवाडा जिल्लाको नोगाम सेक्टरमा तैनाथ थिए। शहीद जीत बहादुरलाई सैनिक सम्मानसहित हरिद्वारमा अस्तिम संस्कार गरिने भएको छ। (खबरस्रोतःवीरगोर्खा)।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन