कामी बोर्डका उपाध्यक्षको गाड़ी तोड़फोड़

कालेबुङः कामी बोर्डका उपाध्यक्ष तथा तृणमूल कालेबुङ जिल्ला युवा सचिव यकीन लामिछानेको गाड़ी तोड़फोड़ भएको छ। 4 जून बेलुकी फुटाइएको उक्त गाड़ी फेरि तोड़फोड़ गरिएको जनाउँदै लामिछानेले घटनाको निन्दा गरेका छन्।

स्कोरपियो डब्ल्यूबी 74/ 3800 नम्बर भएको उक्त गाड़ी पूर्ण रूपमा फुटाइदिएको जनाउँदै प्रशासनले आरोपीलाई यथाशीघ्र पक्राउ गरिनुपर्ने माग गरेको छ।

‘विगत 4 जूनमा पनि गाड़ी फुटाइएको थियो। जुन घटना मिरिकमा भएको थियो। त्यसपछि बनाउनको निम्ति लैजाँदा फेरि सोही गाड़ीमा आक्रमण गरियो। यो प्लानमा गरेको एटेक हो। धन्न म गाड़ीमा थिइनँ। तथापि मेरो गाड़ीको कागज र चाबीसम्म खोसिदिएको छ। गाड़ीलाई हिर्काएर पल्टाइदिएको छ। मैले यसबारे मिरिक थानामा प्राथमिकी दर्ता गरेको छु। मञ्जु कमान 10 नम्बर क्षेत्रमा यो घटना भएको हो’,खबरम्यागजिनसंग कुरा गर्दै लामिछानेले भने, ‘सरकारी गाड़ी त फुटायो तर प्राइभेट गाड़ीहरूलाई सम्म लक्ष्य गरेर तोड़फोड़ गर्ने काम हुँदैछ। जसको म खुलेर विरोध गर्छु, हाम्रो गाड़ी फुटाउँद गोर्खाल्याण्ड हुन्छ भने अरू पनि फुटाउँदा हुन्छ। तर गणतान्त्रिक आन्दोलनको नाममा यस्तो काण्ड गर्नु सरासर गलत हो। यस्तो कार्यको हामी विरोध गर्छौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन