सरकारी कार्यालय परिसरमा १४४ धाराः बाधा दिए कठोर कार्वाही गरिने

कालेबुङः गोर्खा जनमुक्ति मोर्चाले डाकेको सम्पूर्ण सरकारी कार्यालय बन्दको आज तेस्रो दिन कालेबुङ जिल्लाका कार्यालयहरू खुला राखिएको दाबी जिल्लापाल डा. विश्वनाथले गरेका छन्। सरकारी कार्यालय परिसरमा १४४ धारा लगाइएको जानकारी दिँदै उनले सरकारी कार्यालयहरूमा ९५ प्रतिशतसम्म कर्मचारीहरूको उपस्थिति रहेको बताएका छन्।

प्रशासनले सरकारी कार्यालयहरूमा व्यवस्थित रूपमा जनसाधारणको हितार्थ कार्य गर्न पहल गरेको यद्यपि यस अवस्थामा कसैले पनि बाधा दिए कठोर कार्यवाही गरिने चेतावनी पनि उनले दिएका छन्।
यता आज कालेबुङमा अहिलेसम्मको स्थिति सामान्य रहेको छ। सदाको तुलनामा मोर्चा कार्यकर्ताहरूको उपस्थिति बजारमा कम रहेको छ भने सदा जस्तो सरकारी कार्यालयअघि उनीहरूको धर्ना प्रदर्शन अहिलेसम्म व्यापक देखिएको छैन।

प्रशासनले टाउन हल परिसरदेखि नै पुलिस तथा सुरक्षा बल राखेर आउने जाने मानिसहरूमाथि नजर राख्ने तथा पार्टी कार्यकर्ताहरूलाई जिल्लापालको कार्यालय क्षेत्रमा प्रवेश गर्न रोक लगाएको छ। यद्यपि मोर्चा कार्यकर्ताहरू कालेबुङ नगरपालिका कार्यालय अघि डटेर बसेका छन्। नगरपालिका कार्यालय उनीहरूले पूर्ण रूपमा बन्द राखेका छन्। यता बजारमा कतिवटा ब्याङ्क अनि एटीएमहरू पनि बन्द रहेको छ। मोर्चा कार्यकर्ताहरूलाई नगरपालिका अघिबाट पनि हटाउने प्रयास चलिरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन