बन्द समर्थकहरूलाई लखेट्यो प्रशासनलेः नगरपालिका खोलाउने डिएमले दियो निर्देश

डी.के. वाइबा


कालेबुङः गोर्खा जनमुक्ति मोर्चाले डाकेको अनिश्चितकालिन सरकारी कार्यालय बन्दको आज तेस्रो दिन कालेबुङका अधिकांश सरकारी कार्यालयहरू खुल्ला रहेको थियो। मोर्चाले डाकेको बन्द अवधी सरकारी कार्यालयहरू खुल्ला रहेपनि कर्मचारीवर्गको उपस्थिति भने न्युन रहेको थियो। यद्धपि कालेबुङका जिल्लापाल डा. विश्वनाथले भने बन्दको अवधी सरकारी कार्यालयहरूमा 90 प्रतिशत भन्दा अधिक कर्मचारीवर्गको उपस्थिति रहेको दाबी गरेका छन्।

मोर्चाले डाकेको सरकारी कार्यालय बन्दको तेस्रो दिन यता कालेबुङका अधिकांश व्याङ्क भने पूर्णरूपले बन्द रहेको थियो भने पोष्टअफिस पनि पूर्णरूपले बन्द रहेको थियो। बन्दलाई विफल पार्नका निम्ति प्रशासनले कालेबुङका सरकारी कार्यालयहरूमा व्यापक मात्राले सुरक्षाकर्मीहरू तैनाथ गर्नका साथै सरकारी कार्यालय परिसरमा अघिबाटै 144 धारा लागु गरिसकेको छ। जसको कारण आज बन्द समर्थकहरूलाई सरकारी कार्यालय परिसरहरूमा भेला हुन समेत सुरक्षा कर्मीहरूले रोक लगाएको थियो। जसको कारण बन्द समर्थकहरूले सरकारी कार्यालयलाई खुल्ला हुनबाट रोक्न सकेनन्।

सोही कारण पनि आज कालेबुङका सरकारी कार्यालयहरू खुल्ला रहेको थियो। बन्द समर्थकहरू आज पनि कालेबुङ जिल्लापाल कार्यालय परिसरमा भेला भएका थिए भने 144 धारा लगाएको बहनामा प्रशासनले जिल्लापाल कार्यालय परिसरबाट बन्द समर्थकहरूलाई लखेट्ने कार्य गरेको थियो। यता सरकारी कार्यालय बन्दको तेस्रो दिन पनि कालेबुङ नगरपालिका कार्यालय भने पूर्णरूपले बन्द रहेको थियो भने नगरपालिका कार्यालयलाई पनि यथाशिघ्र खोल्नुपर्ने निर्देश दिँदै कालेबुङ जिल्लापालले नगरपालिका अध्यक्ष सुभ प्रधानलाई पत्र पठाएको विश्वस्त सुत्रले जानकारी दिएको छ। सोहिक्रममा नगरपालिका कार्यालयलाई खोल्नका निम्ति आज जिल्ला प्रशासन सुरक्षा कर्मीहरूको साथमा नगरपालिका कार्यालयमा आए पनि बन्द समर्थकहरूले नगरपालिकालाई खोल्न दिएनन्। जसको कारण नगरपालिका कार्यलयलाई आज पुलिस प्रशासन लगाएर पनि जिल्ला प्रशासनले खोल्न असमर्थ बनेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन