आन्दोलनले पर्यटन प्रभावित

मिरिकः

गोर्खा जनमुक्ति मोर्चाले शुरू गरेको गोर्खाल्याण्डको आन्दोलनको कारणले पर्यटकहरू पहाडमा एकदमै कम मात्रामा आइरहेका छन्। दार्जीलिङ पहाडको मुख्य पर्यटकीय स्थल मिरिकमा यसघरि पर्यटकहरूको आगमनमा पचास प्रतिशत कमी आएको देखिन्छ। यसको फलस्वरुप यहाँको पर्यटकीय व्यवसायमा कमी आइरहेको छ। जुन महिनाको यो मौसममा मिरिकमा पर्यटकहरूको भीड लाग्ने गर्थ्यो।

हाल यहाँको मुख्य पर्यटन क्षेत्र गार्डन, झील, लगायत अन्य क्षेत्रहरू शुन्यप्रायः देखिएको छ। यसले गर्दा यहाँको होटल व्यवसाय पनि पूर्ण रूपमा प्रभावित बनिरहेको छ।  मिरिक झीलमा नौका बिहार गर्ने आज कोही देखिएन। घोडामा चढेर मिरिक पर्यटन केन्द्रको भ्रमण गर्ने पनि कोही थिएनन् ।फलस्वरूप घोडा चालकहरू पुरै मार्कामा परेको उनिहरू बताउँछन्।

हाल उनीहरूमा घोडालाई दाना खुवाउने पैसा समेत नभएको बताउछन्। यो समयमा दिनभरिमा प्राय दुई हजार जति कमाई हुने गरेको उनीहरूको भनाई छ। मिरिक पर्यटन केन्द्रमा रहेको होटलहरूमा यस अघि अरू बर्षहरुमा पर्यटकहरू भीडका साथ हुन्थे भने हाल मिरिकले पर्यटकहरूको प्रतिक्षा गरिरहेको देखिन्छ। यसरी मिरिकमा हाल पर्यटकहरूको कमी भए तापनि पुलिस प्रशासनको भीड भने जताततै देखिन्छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन