चियाबगानहरूमा पनि पर्चापट्टा दिनुपर्ने माग

मिरिकः

राज्य सरकारले मिरिक नगरपालिकाको सातवटा वार्डमा  जमीनको पर्चापट्टा वितरणको प्रक्रिया  शुरू गरेपछि यहाँका  चियाकमानहरूमा पनि पर्चापट्टा वितरण गर्नुपर्ने  माग उठ्न थालेको छ। मिरिक नगरपालिकाका  सातवटा  वार्डहरूमा कतिपय वार्डहरू थर्बु चियाकमान क्षेत्रमा  परेको  अनि उनीहरूले पनि जमीनको पर्जापट्टा पाएपछि नगरपालिका क्षेत्र देखि बाहिर बस्ने थर्बु चियाकमानका मानिसहरूले पनि जमीनको पर्चापट्टा पाउनुपर्ने माग गरेका छन्।

यहाँका कतिपय मानिसहरूले नगरपालिका क्षेत्रमा बसोबासो गर्ने थर्बुकमानका मानिसहरूलाई जमीनको पर्चापट्टा सरकारले प्रदान गर्छ भने हामीलाई  पनि  प्रदान गर्नुपर्छ भन्दै यस विषयमा सरकारलाई  गम्भीरतापूर्वक पहल गरिदिने  अनुरोध गरेका छन।

यता  मिरिक  नगरपालिकाबासीका निम्ति  लामो समयदेखि पर्चापट्टाको माग  गर्दै आइरहेका मिरिक नगरपालिका पिपल्स वेलफेर एसोसिएसनले पनि चियाकमान  क्षेत्रमा  बसोबासो गर्ने मानिसहरूलाई पर्चापट्टा दिलाउनका निम्ति अब पहल  गर्ने योजना तयार पारेको जानकारी  प्राप्त भएको  छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन