हू-केयर्सले आराधनाको उपचारको निम्ति जुटायो 1 लाख 11 हजार रूपियाँ

राशि हस्तान्तर गर्दै हूकेयर्स प्रतिनिधिहरू

कालेबुङः साँडे तीन वर्षीय बालिका आराधना राईको उपचारको निम्ति हू-केयर्सले आर्थिक सङ्ग्रह गरेर परिवारपक्षलाई सुम्पेको छ। समालबोङ ग्राम पञ्चायत अन्तर्गत पाबोङ निवासी प्रताप राईको एक मात्र छोरी आराधाना राई न्यूरोब्लास्टोमा रोगको कारण हाल भेल्लोरको सीएमसी हस्पिटलमा उपचाराधिन  अवस्थमा छिन्।

उनको सम्पूर्ण उपचारको निम्ति ६ लाख लाग्ने कुरा हस्पिटलले लिखित रूपमा दिएको थियो। तर मेहनत मजदुरी गरेर जीविकोपार्जन गर्ने राई परिवारसित त्यत्रो खर्च बेहोर्ने सामर्थ्य नभएपछि हू-केयर्सले सहयोगको हात बढाएको हो। हू-केयर्सले विभिन्न स्थानहरूमा स्टल राखेर आराधनाको निम्ति आर्थिक सङ्ग्रह गरेको थियो भने सोही सङ्ग्रह गरिएको रकम १ लाख ११ हजार रूपियाँ बिरामी बालिकाको काका छत्र राईलाई सुम्पिएको छ।

हू-केयर्सको पक्षबाट एरोन योञ्जन, सोनाम छोम्बे भोटिया अनि मविन लेप्चाले परिवारपक्षलाई उक्त राशि हस्तान्तरण गरेका छन्। हू-केयर्सको माध्यमबाट सहयोग पुऱ्याउने सम्पूर्ण जनसाधारण तथा सङ्घ-संस्थाहरूप्रति एरोन योञ्जनले आभार प्रकट गरेका छन् भने आगामी दिनमा बालिकाका निम्ति थप सहयोग पुऱ्याउन परे आफूहरू तयार रहेको पनि उनले बताएका छन्। परिवारपक्षबाट काका छत्र राईले हू-केयर्सप्रति आभार प्रकट गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन