लाठीचार्जको विरोधमा प्रतिवाद हस्तक्षर

गान्तोकः दार्जीलिङमा गत 8 जून अनि 13 जूनको दिन गोर्खाल्याण्डको माग गर्दै निकालिएको शान्तिपूर्ण र्यालीमाथि सुरक्षा कर्मीहरूले गरेको लाठीचार्जको घटनाप्रति सिक्किम केन्द्रिय विश्वविद्यालयका विद्यार्थीहरूको संस्था गोर्खा विद्यार्थी मञ्चले तीव्र प्रतिवाद जनाएको छ।

मञ्चले प्रतिवादस्वरूप हस्ताक्षर अभियान पनि आयोजन गऱ्यो। विद्यार्थीहरूसित छुट्टैराज्य गोर्काल्याण्डको औचित्यलाई दिएर जानकारी उपलब्ध पनि गराएको थियो भने मञ्चले गोर्खाल्याण्डको निम्ति सर्वदलीय बैठक भएकोमा खुशी व्यक्त गरेको छ।

गोर्खाल्याण्ड मागको मुद्दामा जीटीए नै प्रमुख वाधा ररहेको पनि मञ्चले बताएको छ भने शीघ्र नै जीटीए रद्द गरिनुपर्ने माग पनि गरेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन