पुलिसले छोड्यो अश्रुग्यासः शुरु भयो ढुङ्गा मुडाः जी न्यूज र विमल गुरूङको वाहन जलाइयो

दार्जीलिङः पातलेबासमा विक्षोप प्रदर्शन गर्दै पुगेका मोर्चा कार्यकर्ताहरूलाई रोक्न पुलिसले अश्रुग्यास छोड्यो। उनीहरूले नानीहरूलाई खेल सिकाउने धनुकाँडलाई हतियार भनेकोमा विरोध गरिरहेका थिए। पुलिसले अश्रुग्यास छोडेपछि  आक्रोशित प्रदर्शनकारीहरूले पनि पुलिसलाई ढुङ्गामुडा गऱ्यो। अहिले दार्जीलिङमा स्थिति ज्यादै तनाउपूर्ण बनेको छ।

अर्कोतिर राष्ट्रीय मिडिया जी न्यूजको वाहन जलाइएको छ। मोर्चा नेता विनय तामाङले बङ्गाल प्रशासनले मोर्चालाई बदनाम गराउन अनि मुद्दालाई ठूलो बनाउन यस्तो काण्ड गरिरहेको आरोप लगाएका छन्। अर्कोतिर विमल गुरूङको नीजि वाहनमा पनि आगो लगाइएको छ।

विनय तामाङले बङ्गाल सरकारले आन्दोलन दबाउन विभिन्न हतकण्डा अप्नाइरहेको अनि मिडियासमेतको वाहनमा आगो झोसेकोमा कठोर शव्दमा भर्त्सना जनाएका छन्।

‘केन्द्रले शीघ्र नै बङ्गाल सरकारको यो ज्यादति रोक्न प्रशासनिक कार्वाही थाल्नुपर्छ,’ विनय तामाङले भने, आन्दोलन दबाउने बङ्गालको यो कुचक्रले दार्जीलिङमा धेरै नोक्सानी हुनसक्छ। सबै नोक्सानीको जिम्मा राज्य सरकार हुनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन