विमल गुरूङको घरमा पुलिसले तोडफोड गरेको आरोपः पक्राउ परेका मोर्चा नेताहरूलाई लगियो सिलगढी

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा नेतृ आशा गुरूङले मोर्चा अध्यक्ष विमल गुरूङको घरमा तोडफोड गरेको आरोप लगाएकी छन्। उनले आन्दोलन दबाउन ममता व्यानर्जीले पुलिस प्रशासन लगाएर विभिन्न प्रकारका हानी पुऱ्याइरहेको जनाएकी छन्।

 

पातलेबासमा हतियार नरहेको अनि पुलिसले बरामद गरेका सामानहरू सामान्य रहेको भन्दै धनुकाँड, फरुवाहरूलाई हतियार भनेर प्रचार गरिरहेको जनाइन्। ‘विमल गुरूङको घरमा पसेर बङ्गाल पुलिसले तोडफोड गरको छ,’ उनले भनिन्, ‘खिड्कीहरू फुटाइएको छ, अन्य सामाग्रीहरू तितरबितर गरिएको छ।’

उनले पुलिसले जति नै दबाउन खोजे पनि आन्दोलन नरोकिने पनि जनाएकी छन्।

यता पेदोङ पुलिस थाना जलाएको आरोपमा पक्रा परेका विनोद प्रधान अनि टुरिष्ट लज जलाउन खोजेको आरोपमा पक्रा परेका कालेबुङ नगरपालिका पार्षद बरुण भूजेललाई सिलगढी लगिएको छ।

विनोद प्रधानले आफूलाई किन पक्रिएको हो भन्नेबारे आफूलाई नै जानकारी नभएको जनाएका छन्। उनले भने, ‘ममता व्यानर्जीले आन्दोलन दबाउने कोशिश गरिरहेकी छन्। आन्दोलन दबिने छैन। मजस्ता हजारौँ पक्रा पर्नेछन्। आन्दोलन जारी रहनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन