19 मा त्रिपक्षीय बैठकः मानेन राज्यः मोर्चाले उठायो गोर्खाल्याण्डको मुद्दा

दिल्लीः गोर्खा जनमुक्ति मोर्चाका सचिव रोशन गिरी अनि दार्जीलिङका सांसद एसएस अहलुवालियाले आज केन्द्रिय गृहमन्त्री राजनाथ सिंहसित भेट गरेर दार्जीलिङको स्थितिबारे चर्चा गरेका छन्।

गिरीले गृहमन्त्रीलाई दार्जीलिङमा छुट्टै राज्य गोर्खाल्याण्डको मागमा जनता सडकमा उत्रिएको अनि जनताको माग र आन्दोलनलाई दबाउन राज्य सरकारले पुलिस प्रशासन लगाएर अत्याचार गरिरहेको बारे चर्चा गरे। सांसद अहलुवालियाले दार्जीलिङको स्थितिलाई नियन्त्रण ल्याउन केन्द्र सरकारले हस्तक्षेप गर्नुपर्ने माग पनि गरेका छन्।

दार्जीलिङमा पुलिस प्रशासनले मच्याइरहेको आतङ्क रोक्न केन्द्रले चार कम्पनी सेना वाहिनी पठाउने भएको छ। अघिबाट नै 11 सय सेना पठाइसकिएको छ।

मोर्चा प्रतिनिधि अनि सांसदले गृहमन्त्रीसित दार्जीलिङको समस्यालाई लिएर शीघ्र त्रिपक्षीय वार्ताको माग गरेको थियो। 19 जुनको दिन केन्द्रले यो त्रिपक्षीय वार्ता राख्ने घोषणा गरेको छ तर बैठकमा आउन राज्य सरकार राजी छैन।

गृहमन्त्री, गिरी अनि सांसदले दार्जीलिङको जटिलताबारे व्यापक छलफल गरेको समाचार प्राप्त भएको छ।

यता विमल गुरूङले जीटीए प्रमुखको घर अनि पार्टी कार्यालयमा ममता सकारले पुलिसलाई छापामारी गर्नु पठाएर अपमान गरेको अनि राज्य सरकारको यस्तो अत्याचार र अपमानमाथि केन्द्रले हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन