भोलिदेखि सिन्कोना अनि चियाबगान बन्द

कालेबुङः दार्जीलिङ पहाडमा चलिरहेको आन्दोलनको फलस्वरूप भोलिदेखि सम्पूर्ण सिन्कोना अनि चियाबगानहरू पनि बन्द राखिने भएको छ। मुख्य गरेर दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेवर युनियनका केन्द्रिय समिति कार्यकारी सदस्य करूणा गुरुङको रिहाइको माग गर्दै युनियनले चियाबगान अनि सिन्कोना बगान बन्द राख्ने निर्णय गरेको छ।

युनियनको यस निर्णयलाई गोर्खा जनमुक्ति मोर्चाले समर्थन जनाएको छ। मोर्चा केन्द्रिय सह-सचिव विनय तामाङले एक एक प्रेस विज्ञप्ति जारी गर्दै युनियनको निर्णयलाई समर्थन जनाएका हुन्।
करूणा गुरुङलाई आज बिहान खरसाङबाट पक्राउ गरिएको हो।

युनियनले गुरुङको विनासर्त रिहाइ हुनुपर्ने माग गरेको छ।
‘करूणा गुरुङको जबसम्म रिहाइ हुदैन् तबसम्म सम्पूर्ण चियाकमान अनि सिन्कोना बगान अनिश्चितकालीन बन्द राख्ने निर्णय लिएको छ। उक्त घोषणालाई गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति पूर्ण समर्थन दिँदछ । यसोसले भोलिदेखि सम्पूर्ण चियाबगानहरू र सिन्कोना बगान अनिश्चितकालिन बन्द हुनेछ’-विज्ञप्तिमा विनय तामाङले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन