खरसाङमा तनाउपूर्ण स्थितिः पातलेबास हिँडेका मोर्चा कार्यकर्ताहरूलाई रोक्यो पुलिसले

 

खरसाङ: गोर्खा जनमुक्ति मोर्चाले डाकेको अनिश्चितकालीन बन्दको आज दोस्रो दिन खरसाङमा तनाउपूर्ण स्थिति बनिरहेको छ। गोजमुमो अध्यक्ष विमल गुरुङलाई भेट्न भनी मोर्चा कार्यकर्ताहरू पातलेबासतर्फ निस्कन लाग्दा पुलिसले उनीहरूलाई खरसाङमा नै रोकेपछि स्थिति तनाउपूर्ण बनेको हो।

विशेष गरी बिहान करीब 11 बजीतिर तीनधारे महानदी समष्टीको गोजमुमो सिविटार गिताङ्गे खण्ड समितिका युवा कार्यकर्ताहरू पैदल यात्रा गर्दै निस्किएका थिए। उनीहरू पातलेबास जान निस्किएको भए पनि उनीहरूलाई खरसाङको टुरिस्ट लजमा आइपुग्दा पुलिसले रोकेको थियो। यसपछि अहिलेसम्म उक्त क्षेत्रका सैयौँ युवा एवं नारी कार्यकर्ताहरू भेला भएर अघि बढ्ने प्रयास गरे पनि पुलिसले अघि बढ्न नदिँदा मोर्चा कार्यकर्ताहरू बाटोमा नै बसेर अघि बढ्न दिनुपर्ने माग गरिरहेका छन्।

मोर्चा कार्यकर्ताहरूका अनुसार, बङ्गाल सरकारले पहाडमा अन्याय र अत्याचार गरिरहेको छ। यसैले उनीहरू शान्ति यात्रा लिएर आफ्ना दलका नाइके विमल गुरुङलाई भेट्न पातलेबासतर्फ हिँडेका हुन्। यद्यपि पुलिसले बाटोमा नै रोकेर राखेपछि प्रदर्शनकारीहरूले प्रतिवाद जनाउँदै अघि बढ्न नदिएको खण्डमा सडकमा नै हड्तालमा बस्ने चेताउनी दिइरहेका छन्। अहिले सड़कमा नै बसेर प्रतिवाद जनाउने कार्यकर्ताहरूको संख्या बढ़िरहेको छ। मोर्चा नेता सत्यवान छेत्रीले कार्यकर्ताहरूलाई नेतृत्व दिइरहेका छन्।

अर्कोतिर पुलिसले अहिलेको स्थितिमा दार्जीलिङमा छिर्न नदिने बताइरहेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन