जल्यो विभिन्न ठाउँका पञ्चायत कार्यालयहरू

Girl in a jacket
बोङ ग्राम पञ्चायत

मिरिक/कालेबुङः मिरिकको पहिला गाउँ स्कुल डाँडा ग्राम पञ्चायत एक आधारातमा जलाइको छ। कार्यालाय पूर्णरुपमा क्षति भएको छ भने पहिला गाउँ स्कुल डाँडा पञ्चायत- दुई पनि आंशिक जलेको मिरिक खण्ड बिकास अधिकारी अमिताभ भट्टचार्यले बताएका छन्।

यसबाहेक डुप्टिन ग्राम पञ्चायत कार्यालयमा पनि आगलागीले आंशिक क्षति भएको उनले बताए। मध्यरातमा आगो लागेको अनि उक्त कार्यालय भएको क्षेत्र गाउँ घरदेखि टाढामा रहेको कारणले स्थानीय मानिसहरूलाई पनि यसबारे केही थाहा नभएको बताइएको छ।

यसबारे खण्ड बिकास अधिकारी अमिताभ भट्टचार्यले खबर पाएपछि उक्त स्थानमा मिरिक थाना प्रभारी सुजित लामा, महकुमा शासक अश्विनी कुमार रोय अनि एसडीपीओ पार्थ रोईको टोलीसहित पुगेर निरीक्षण गरेको बताइएको छ। उनीहरूले अज्ञातको नाममा प्राथमिकी दर्ता गरिएको बताएका छन्। अर्कोतिर कालेबुङ बोङ ग्राम पञ्चायत कार्यलयमा पनि आगलागी भएको छ। तर सामान्य क्षति मात्र पुगेको बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया