गाउँगाउँमा चर्किँदै आन्दोलनः रोङ्गो उत्रियो सड़कमा ( फोटो फिचरसहित)

कालेबुङः प्रतिकूल मौसमलाई वास्ता नगरी आज अलग राज्य गोर्खाल्याण्डको मागमा रोङ्गोबासी सडक उत्रियो। रोङ्गो जनता मैदानबाट शुरू भएको जुलूसमा सहभागीहरूले गोर्खाहरूको राष्ट्रिय चिह्नारीलाई टुङ्गो लगाउने अलग राज्य गोर्खाल्याण्ड झट्ट गठन गरिनुपर्छ भन्दै नाराबाजी गरे।

लगातार पानी परिरहेको भएता पनि सैयौं रोङ्गोबासीले आज सड़कमा उत्रिएर राज्य सरकारको नीतिको विरोध गरे भने गोर्खा जनमुक्ति मोर्चा अनि गोर्खाल्याण्ड पन्थीहरूको साथमा रोङ्गोका जनता साथ रहेको दावी गरे। मध्याह्न शुरू भएको उक्त जुलूसले रोङ्गोका आधा दर्जनभन्दा घेर गाउँहरूको परिक्रमा गरेको थियो। जुलूसमा सबै तप्काका नागरिकहरूको सहभागिता रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन