बङ्गाल भाजपाको बयान राजनैतिक बाध्यता : दार्जीलिङ भाजपा

खरसाङः छुट्टै राज्य गोर्खाल्याण्डनप्राप्तिको आन्दोलनलाई विरोध गरिरहेको बङ्गाल प्रदेश भाजपाको बयानलाई भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला कमिटीले राजनैतिक बाध्यताको संज्ञा दिएको छ।

शुक्रवार खबरम्यागजिनसँग टेलिफोनिक कुराकानी गर्दै भाजपा दार्जीलिङ जिल्ला कमिटी अध्यक्ष मनोज देवानले भने, “हामी गोर्खाल्याण्डको पक्षमा छौं। र, छुट्टै राज्य प्राप्तिको आन्दोलनलाई समर्थन र सहयोग गर्नेछौं। बङ्गाल प्रदेशका नेतृत्वहरूले गोर्खाल्याण्डको विरोध गर्नु उनीहरूको राजनैतिक बाध्यता हो।”

जिल्ला भाजपा नेताले बङ्गालका भाजपा नेताहरूले आफ्नो जातिसत्ता र सीमित राजनैतिक स्वार्थ हेरेर गोर्खाल्याण्ड गठनको मागलाई विरोध गरिरहेको पनि बताए। देवानले दार्जीलिङको वर्तमान स्थितिका लागि तृणमूल सरकारलाई दायी ठहऱ्याउँदै मुख्यमन्त्री ममता ब्यानर्जीको अधिनाकतन्त्रको कारण अहिले पहाड़मा पुलिस प्रशासनले अत्यचार गरिरेहको आरोप लगाए।

“आन्दोलनलाई दबाउन प्रशासनले जुन दमननीति अप्नाइरहेको त्यो अत्यन्त अगणतान्त्रिक छ”, उनले थपे, “बङ्गाल सरकारको यस्तो पदक्षेपको हामी निन्दा गर्छौ।” देवानले दार्जीलिङको वर्तमान समस्या र स्थितिबारे केन्द्रका नेताहरूलाई जिल्ला भाजपा कमिटीले दैनिक अवगत गराइरेहको जानकारी गराए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन