प्लास्टिकको आँटाः क्षेत्रमा सनसनी

नन्दु पौड्याल


डुवर्सः सरकारबाट दिइने एवाईवाईको राशनमा प्लास्टिकको पदार्थ भेट्टाइएकाले इलाकामा सनसनी मचिएको छ। बिहिबार राती खानालाई पकाएको रोटी प्रायः मानिसहरूले फ्याँके। घटनाको जानकारी ब्लक प्रशासनलाई पनि दिइयो। केरन रेलवे स्टेशनस्थित बरालको घरबाट १० वजे राती नगरकट्टा पुलिसले त्यो आँटामा भेटाइएको प्लास्टिकको पदार्थको स्याम्पल लगेको छ। ल्याबमा जाँच गरे पश्चात् मात्र सही जानकारी हुने पुलिसले बताएको छ।

बिहीबार राती अचानक केरन रेलवे स्टेशन क्लोनीमा एवाईवाईको राशनमा प्लास्टिक भेट्टाइएको हल्ला फिजियो। एक घर दुई घर हुँदै सबै महिलाहरुले घटना थाहा पाए। पकाइरहेका अनि पकाउन तैयार गरिएका आँटाको डल्लालाई पानीमा धोएर हेर्दा त्यसमा रबर जस्तो तन्किने पदार्थ महिलाहरूले पाए। त्यसलाई जलाएर हेर्दा त्यसबाट प्लास्टिकको गन्ध आयो अनि मानिसहरू झन् आतङ्कित बने।

तुरन्तै यसको खबर स्थानीय स्वनिर्भर समूहका गीताञ्जली नाम गरेका राशन डीलरलाई दिइयो। ब्लक प्रशासनले पनि घटनाबारे थाहा पाएपछि त्यस घरमा पुगी घटनाको विस्तृत जानकारी लिएको थियो। सरकारी ल्याबमा जाँच गरेपछि मात्र सठीक जानकारी हुने प्रशासनले बताएको छ। तर यता भने मानिसहरु आतङ्कित बनेका छन्। शुक्रबार विहान पनि महिलाहरुले आफनो घरमा भएको आँटालाई डल्ला पारेर पानीमा धुँदा प्लास्टिक पाएको लुकसान मोडकी महिला तीलामाया छेत्री, गीता छेत्री अनि सावित्री राईले बताएकी छन्।

तिलामाया छेत्रीले भनिन्, ‘हामीले लुकसान चिया कमानबाट नयाँ कार्डको राशन थापेर ल्याएका थियौं। १५ प्याकेट आँटा अनि चामल थापेका थियौं। तर आज राशनको आँटामा प्लास्टिक भेट्टाइयो र हामीले सबै आँटा फ्याँकिदियौँ। हामीले यस आँटालाई तीन चारदिनदेखि खाइरहेका थियौं। अब हामीलाई स्वास्थ्यमा असर पर्ने डरले सताइरहेको छ।’

केहीले त यो आँटा खाएपछि रिङ्गटा अनि आलश्य लाग्ने गरेको पनि बताएका छन्। यता स्वनिर्भर समूहका गीताञ्जली राशन डिलरका सदस्यहरुले भने, ‘हामीले सरकारबाट आएको राशनलाई वितरण गरेका हौं। यो भन्दा अघि कुनै कमप्लेन थिएम। हामीले घटनाको जानकारी फुड इन्सपेक्टरलाई दिइसकेका छौँ।’

नगरकट्टा खण्ड फुड इन्सपेक्टरले जाँचको निम्ति कलकता पठाइने बताएका छन्।।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन