पुलिस र मोर्चा कार्यकर्ताबीच ढुङ्गामुडाः पुलिसले छोड्यो टियर ग्यासः दार्जीलिङ बन्यो अशान्त

दार्जीलिङः पातलेबास गइरहेका मोर्चा कार्यकर्ताहरूको शान्ति जुलुस सेना र पुलिसले बाधित गरेपछि पुलिस प्रशासनका जवान र मोर्चा कार्यकर्ताबीच ढुङ्गा मुडा चल्यो।  सीआरपीएफका र पुलिसका जवानहरूले निरन्तर टियर ग्यास फ्याँकेर मोर्चा कार्यकर्ताहरू भगाउने प्रय़ास गर्दा स्थिति तनाउपूर्ण बनेको हो।

मोर्चा कार्यककर्ताहरूले डटेर अघि बढ्ने कोशिश गरिरहेका छन्। व्यापक मात्रमा उपस्थित बनेका मोर्चा कायकर्ताहरूलाई पनि पुलिस र सेनाका जवानहरूले ढुङ्गामुडा गरिरहेका छन्। कैयौं मोर्चा कार्यकर्ता अनि पुलिस र सेनाका जवानहरू घाइते बनेका छन्।

पुलिसको गस्ती अझ बढाइरहेको छ भने अर्कोतिर मोर्चा कार्यकर्ताहरू पनि निरन्तर थपिइँदै गइरहेको छ।

पातलेबासमा कुनै सूचना नदिइ बङ्गाल पुलिसले छापा मारेपछि दार्जीलिङ अशान्त बनिरहेको हो। मोर्चा कार्यकर्ताहरू पातलेबास जान लेबुङ कार्ड रोड पुगेका थिए, तर उनीहरूलाई अघि बढ्न दिइन। यतिकैमा मोर्चा कार्यकर्ताहरू आक्रोशित बने अनि व्यापक नारा जुलुस गर्न थाले। यत्तिकैमा पुलिसले टियर ग्यास छोडेर भगाउन कोशिश गर्दा जवाबमा मोर्चा कार्यकर्ताहरूले ढुङ्गामुडा गरेका हुन्।

अर्कोतिर मोर्चाका मिडिया सेलका प्रतिनिधि विक्रम राईलाई पुलिसले छोडेको जानकारी पाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन