पुलिस फाइरिङमा दुइको मृत्युः अनेकौं घाइते

दार्जीलिङः दार्जीलिङ रणभूमिमा परिणत भएको छ। पुलिस र मोर्चा कार्यकर्ताबीच भएको झडपमा पुलिसले गरेको फाइरिङमा एक मोर्चा कार्यकर्ताको मृत्यु भएको छ। पुलिसले सिंहमारीमा धेरै राउण्डसम्म गोली चलाएको थियो, जसमा एकको मृत्यु भएको हो। अर्कोतिर घुम भञ्ज्याङमा पनि पुलिसले फाइरिङ गरेको छ, जसमा धेरै मोर्चा समर्थक घाइते भएको छ।

बताइए अनुसार अर्को एकजना मोर्चा कार्यकर्ताको पनि मृत्यु भएको छ, जसलाई अस्पतालबाट निकालिएको छैन। मोर्चा सहसचिव विनय तामाङले अनेकौं कार्यकर्ता घाइते बनेको अनि मृत्यु हुनेको संख्या अझ धेरै हुन सक्ने बताएका छन्।

पातलेबास गइरहेको मोर्चा समर्थकहरूलाई रोख्न टीयरग्यास छोडेको थियो तर टीयरग्याससितै पुलिसले फाइरिङ पनि गरेको मोर्चा समर्थकको मृत्युले स्पष्ट पारेको छ।

मोर्चा समर्थकको मृत्यु भएको थाहा पाउने बित्तिकै मोर्चा समर्थक अझ आक्रोशित बनेको छ। यसैबीच चारवटा गाडी अहिलेसम्म जलिसकेको छ, जसमा सेनाको एउटा बाहन पनि रहेको छ।

मोर्चा सहसचिव विनय तामाङले यो घटनाको निन्दा गर्दै पुलिसले मोर्चाको आन्दोलन दबाउन आन्दोलनकारीहरूलाई गोली हानेर हत्या गरेको आरोप लगाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन