ममताले भनिन्, मोर्चा आतङ्कवादी हो, यसको सम्बन्ध नर्थइष्ट र अर्को देशसित छ, पुलिससित जानकारी छ

कोलकाताः पहाडका 15 वटा बोर्डसित मुख्यमन्त्री ममता व्यानर्जीले बैठक गरिन्। बैठकपछि पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘पहाडमा शान्ति स्थापनाको निम्ति बोर्डका सदस्यहरूको एउटा कमिटी बनाइको छ। जसको जिम्मा लेप्चा बोर्डका चेयरम्याम एलएस तामसाङलाई दिइको छ।’

उनले सिलगढीमा 22 जुनको निम्ति गौतम देवको अगुवाईमा पहाडका सबै राजनैतिक दल, गृहमन्त्री अनि बोर्डका सदस्यहरूलाई लिएर पहाडमा शान्ति कायम राख्न बैठक गर्ने पनि जनाइन्।

उनले मोर्चालाई आतङ्कवादीको संज्ञा दिएका छन्। ‘मोर्चाले अनाहकमा पहाडमा हिँसा गरिरहेको छ। यस्तो हिंसा आतङ्कवादीहरूले मात्र गर्छ। पुलिस प्रशासनसित प्रमाण छ, मोर्चाको हात नर्थ इष्टका भूमिगत सङ्गठन र अर्को देशसित छ,’ ममता व्यानर्जीले भनिन्, ‘मोर्चाले हातहतियार पहिलेदेखि नै थुपारेर राखेको थियो। दार्जीलिङ अन्तराष्ट्रीय सिमामा छ। धेरैवटा देश नजिकमा छ। हतियार त्यहीँबाट ल्याइएको हो।’

दार्जीलिङमा राजनैतिक दलले होइन आतङ्कवादी सङ्गठनहरूले हिंसा फैलाइरहेको अनि केन्द्रलाई यस्ता सङ्गठनलाई उक्साउने काम नगरिदिने अपिल पनि गरिन्। उनले मोर्चाले पानीको लाइन काटेको, अस्पताल भत्काएको र सरकारी संशाधनहरू नष्ट गरेको जनाइन्।

‘बन्द गर्नु गैरकानूनी कुरा हो, न्यायालयले बताइसकेको छ र पनि मोर्चाले बन्द गरिरहेको छ’,उनले अझ भनिन्, ‘मोर्चाले देशको कानुन मान्दैन। देशको झण्डा बरबर्ताको निम्ति प्रयोग गरिरहेको छ। म दार्जीलिङका जनतालाई मोर्चासित नलाग्ने र शान्ति कायम गर्ने अपिल गर्छु।’

उनले पहाडमा हजारौं पर्यटकहरू फँसेको अनि देश-विदेशबाट पर्यटकहरू आउने भएकोले मोर्चाको बन्दको कारण बङ्गाल मात्र होइन देश नै बदनाम बनिरहेको पनि बताइन्।

‘पहाडमा पर्यटकहरूले खाना खान पाइरहेका छैन, उनीहरू अभर परिरहेका छन्,’ उनले भनिन्, ‘म पहाडलाई खाना दिन्छु, यस्तो प्रकारले हो भने पहाडले खान पाउन बन्द हुन्छ। दार्जीलिङका जनता शान्ति चाहन्छन्, मोर्चाले शान्त जनतालाई हिंसामा होमिरहेको छ।’

उनले मोर्चाले पाँचवर्ष जीटीएमा इन्जोय गरेको अनि चुनाउ छेक आएपछि चुनाउको लागि हिंसा गरिरहेको आरोप लगाइन्।

‘मोर्चाले कहाँसम्म हिंसा गरिरहेको छ भने मिडियालाई समेत बन्दी बनाएको छ,’ उनले भनिन्, ‘पत्रकारहरूलाई हाम्रो कुरा देखा भनेर जबरजस्ती गरिरहेको छ। यो ठिक होइन। पत्रकारहरूले सुरक्षा पाउनुपर्छ।’

उनले पहाडमा मोर्चाले हिंसा गर्दा देशविदेशमा रहेका आफन्तहरूको ख्याल पनि गर्नु पर्ने जनाइन्। ‘पहाडमा पर्यटकहरू, अन्य जातिका मानिसहरू छन्, उनीहरूलाई सताउनु हुँदैन’, उनले भनिन्,  ‘तपाईँहरूको आफन्त पनि धेरै ठाउँ छन्, उनीहरू पनि सुरक्षित बस्नुपर्छ।’

जनताले विमल हटाउ पहाड बचाउ भनिररहेको अनि विमल गुरूङको जनाधार सकिन लाग्दा यस्तो हिंसा गरेको भन्दै आज पनि पुलिसले गोली नहानेको तर मोर्चाका क्याडरहरूले गोली हानेको पनि जनाइन्

अर्कोतिर उनले बोर्डका सदस्यहरूलाई पहाडका शान्तिको जिम्मा दिइएको पनि जनाइन्।

हामी शान्ति चाहन्छौं-एसएस तामसाङ

लेप्चा डेभलोपमेन्ट बोर्डका अध्यक्ष एलएस तामसाङले पहाडमा अशान्ति गरेर केही नहुने अनि मुख्यमन्त्रीले नेपाली भाषा बाध्यात्मक नगरेको पनि जनाए। उनलाई ममता व्यानर्जीले आज शान्ति कमिटीको अध्यक्ष बनाएकी छन्।

‘हामी पहाडमा शान्ति र विकास कसरी गर्ने भन्नेबारे बैठक गर्न कोलकता आएका हौं अनि सबै बोर्ड पहाडको शान्तिको पक्षमा छन्,’ तामसाङले भने, ‘पहाडमा शान्ति कायम राख्ने कुरामा बहस भएको छ। हामी काम गर्नेछौँ’

नवान्नमा बोर्डहरूलाई लिएर बनाइएको पहाड शान्ति समितिका प्रवक्ताले पनि सबै बोर्डहरूले पहाडमा शान्ति चाहेको बताइन्। उनीहरू कोलकाता कुनै षडयन्त्र गर्नको निम्ति नआएको तर पहाडमा शान्ति बनाइराख्न कुरा गर्न आएकी बताइन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन