मृतकहरूलाई मोर्चा अध्यक्षको संवेदना प्रकटः बङ्गाललाई मुखभरिको जवाब दिनुपर्छ-विमल

डेक्सः दार्जीलङमा पुलिससितको झडपमा परेर मृत्यु भएका दुई युवाहरूको समर्पण खेरो नजाने बताउँदै गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले उनीहरूप्रति संवेदना प्रकट गरेका छन्। उनले दार्जीलिङको घटनाको निन्दा गर्दै बङ्गाल सरकारको अन्याय विरूद्ध मुहतोड जवाब दिने आह्वान गरेका छन्।

‘बङ्गाल सरकारले जुन प्रकारले अन्याय र अत्याचार गरिरहेको छ त्यसको मुहतोड जवाब दिनुपर्छ’-पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुरुङले भने, ‘ बङ्गालले तानाशाही राजनीति गर्दैछ अब प्रत्येक घर-घरबाट उन्मुक्तिको सङ्घर्षमा निस्किनुपर्छ।’

गुरुङ अनुसार दार्जीलिङमा आज गणतान्त्रिक रूपमा विरोध प्रदर्शनका निम्ति युवा अनि नारी मोर्चा कार्यकर्ताहरू सडकमा निस्किएका थिए। तर पुलिसले उनीहरूलाई बाधा दिएर गोली हान्ने काम गरेको भन्दै गुरुङले घटनाको घोर निन्दा गरेका छन्।

‘जब पुलिसले अन्याय र अत्याचाक गर्न थाल्यो तब सहन गर्न नसकेर ढुङ्गा-मुडा गरिने काम भयो’-गुरुङले भने, ‘त्यसबेला जुन दुईजना शहीद बनेका छन् उनीहरूलाई हामी सलाम गर्छौँ।’ पुलिससितको मुठभेडमा परेर मृत्यु हुनेहरू गोक अनि कैँजले निवासी रहेको थाहा लागेको छ। मोर्चा अध्यक्ष गुरुङले आज मृत्यु भएका युवाहरूलाई शहीदको संज्ञा दिँदै उनीहरूको नाम इतिहासमा सुनौलो अक्षरमा लेखिने बताए।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन