मोर्चाको जुलूसमा क्रामाकपाः नो गोर्खाल्याण्ड नो रेस्ट-अरूण घतानी

कालेबुङः क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी पनि दलीय झण्डाका साथ सडकमा ओर्लिएको छ। अलग राज्य गोर्खाल्याण्डको मागमा मोर्चासितै सहभागी बन्न क्रामाकपा कार्यकर्ताहरू पनि सडकमा ओर्लिएका हुन्। कालेबुङमा आज मोर्चाको प्रदर्शन कार्यक्रमका अवधि क्रामाकपाका कार्यकर्ताहरू पनि सडकमा ओर्लिएर आन्दोलनमा साथ रहेको बताएका छन्।

‘राज्य सरकारको गोर्खाहरूमाथिको अतिक्रमण बढिरहेको छ। भाषिक अतिक्रणको बाहनामा जातीय उन्मुक्तिको आन्दोलनलाई दमन गर्ने अनि आतङ्क फैलाउने काम भइरहेको छ’-गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा(गक्रायुमो)का अरूण घतानीले भने, ‘पुलिस अनि सिभिल एडमिन्सट्रेसन लगाएर गोर्खाल्याण्डको मागालाई दबाउँछु भन्दै राज्यले अप्नाइरहेको हत्कण्डाको तीब्र विरोध गर्दै क्रामाकपा गोर्खाल्याण्डको निम्ति मोर्चाको साथमा छ।’

उनका अनुसार गत 13 जुनका दिन मोर्चाले डाकेको सर्वदलीय सभामा क्रामाकपाले उपस्थिति दिइसकेको छ। त्यस सभामा सामुहिक नेतृत्व र कार्यक्रम लिएर अघि बढ्ने विचारमा एकरूपमा आइसकेको हुनाले क्रामाकपा पूर्ण एक्यवद्दताको साथ सडकमा उत्रिसकेको घतानीले बताए।

‘अलग राज्यबाहेक अन्य व्यवस्थाहरूले मुद्दाको छिनाफाना हुँदैन, गोर्खाहरूको पीडा कम हुँदैन’ घतानीले भने, ‘नो गोर्खाल्याण्ड नो रेस्ट।’

सरकारले जति नै दमन गरे पनि क्रामाकपा ‘नो गोर्खाल्याण्ड नो रेस्ट’-को अवधारमा अघि बढ्ने उनले बताए।

‘सरकारले वार्ता शुरू गर्नुपर्छ अनि त्यो गोर्खाल्याण्डको निम्ति हुनुपर्छ’-भन्ने मोर्चा महासचिव रोशन गिरीले टेकलाई पनि क्रामाकपाले स्वागतयोग्य बताएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन