विमल शङ्कर, महेश गुरूङ अनि सुनिल राई शहिद, दुइ सिकिस्त, अनेकौं घाइते, एक लापत्ता

कालेबुङः गोर्खा जनमुक्ति मोर्चाले अन्तिम भनेको गोर्खाल्याण्ड आन्दोलनमा आज तीनजना शहिद बनेका छन्। उनीहरूमा गोक बस्तीका विमल शङ्कर, कैंजलेका सुनिल राई अनि रेलिङका महेश गुरूङ रहेका छन्। उनीहरू मोर्चाले डाकेको अनिश्चितकालीन बन्द अवधि बङ्गाल पुलिस अनि सेनाले कब्जा गरेर राखेको पार्टी कार्यलयतर्फ गइरहेको विशाल जुलुसमा सामेल थिए।

सिहंमारीमा उनीहरूलाई पुलिस र सेनाले रोक्यो। यस्तैमा मोर्चा कार्यकर्ताहरूले जुलुसबाजी गरे। उनीहरूलाई भगाउन पुलिसले टीयरग्याससितै गोली चलाएपछि कार्यकर्ता र पुलिस-सेनाबिच ढुङ्गामुडा भयो।

लगभग डेडघन्टासम्म चलेको यो सङ्घर्षमा मोर्चाका तीनजना कार्यकर्ताहरूलाई पुलिसको गोली लाग्यो। दुइजनाको घटनास्थलमा नै मृत्यु भयो भने एकलाई जाँचको निम्ति सिलगढी लाँदैगर्दा मृत्यु भयो। दुइजना समर्थकको स्थिति गम्भीर रहेको थाहा लागेको छ।

उनीहरूमा दिले सुब्बा, जसको टाउकोमा गोला लागेको छ अनि जिब्रो ,गाला, दाँतहरू केही छैन, उनको अवस्था गम्भीर छ। लाक्पा शेर्पा , जसको सबै आन्द्रा भुँडी बाहिर निस्किएको थियो, अपरेसन गरेर भित्र हालिएको छ, उनको पनि अवस्था गम्भीर छ। अन्य घाइतेहरूमा घुम भन्ज्याङकी उषा राई अनि निशेद डुक्पा रहेका छन्। यी लगायत अन्य 11 जना घाइतेहरूको नाम र ठेगाना आउन बाँकी छ। बताइए अनुसार जोरबङलोमा काम गगर्ने प्रवेश राई अझै लापता छन् । वहाँलाई कुनै पुलिस थानाहरूमा पनि भेट्टाएको छैन ।

यस अघि पनि मोर्चाले गरेको गोर्खाल्याण्ड आन्दोलनमा धेरै शहिद बनेका थिए। उनीहरूमा निता, विमला अनि विक्की सिब्सुमा भएको यस्तै गोलीकाण्डमा शहिद बनेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन