ममताको बयान असंवैधानिक : प्रताप खातीः दार्जीलिङमा ‘राज्य अतङ्क’:  भागोप

खरसाङः गोर्खा जनमुक्ति मोर्चालाई आतङ्कवादी भन्ने राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको बयानलाई अखिल भारतीय गोर्खा लीगले असंवैधानिक बताएको छ।

“गोर्खा जनमुक्ति मोर्चा पञ्जीकृत पार्टी हो। यस्ता पञ्जीकृत पार्टीलाई आतङ्कवादी भन्ने ममताले कि संविधान जान्दैनन् कि त दार्जीलिङको साँचो घटनाबाट जनताबाट ध्यानलाई हटाउन कार्य गरिरहेकी छन्’’, अभागोली महासचिव प्रताप खातीले भने।

कुनैसमय मोर्चासँगै गठबन्धन गरेर उत्तरबङ्गालका तीन सीट जित्ने ममताले आज कसरी यो दललाई आतङ्कवादी भन्दैछ भन्ने प्रश्न पनि उनले गरेका छन्।

ममताले पटक पटक मोर्चासँग बैठक गरेकी छन्। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) –मा हस्ताक्षर गर्नेहरूमा उनी पनि एक हुन्’’, उनले थपे, “यदि मोर्चा आतङ्कवादी दल हो यस्तो दलसँग किन उनले बैठक गरे।’’

गोर्खा जनमुक्ति मोर्चाजस्तो पञ्जीकृत दललाई  आतङ्कवादी भनेर ममताले गोर्खाहरूको देशभक्तिप्रति औंला उठाएको ठान्छ, गोर्खालीग। दार्जीलिङमा अधिनायकतन्त्र देखाइरहेकी ममताले संवैधानिक माग गोर्खाल्याण्डको आन्दोलनलाई दबाउन यसप्रकारको बयान दिएको गोर्खा लीग नेता खातीले बताए। यस्तो हेजिमनी नीतिको गोर्खालीगले सदैव भर्त्सना गर्ने पनि उनले बताए।

“छुट्टै राज्य गोर्खाल्याण्ड जनताको आवाज हो। यो कुनै एउटा पार्टीको आवाज होइन। जनावाज कसैले कहिल्यै रोक्न सक्दैन। यदि जनावाजलाई जबर्जस्ती दबाउन खोजे ज्वालामुखी भएर पड़्किनेछ’’, उनले थपे, “शान्तिपूर्ण र गणतान्त्रिक ढङ्गमा निकालिएको ऱ्यालीमा सामेल आन्दोलनकारीहरूलाई बङ्गाल सरकारले खेदी खेदी बर्साउँदा यो आन्दोलन अझ सशक्त बन्नेछ। आन्दोलन प्रभावकारी भएको देखेरै राज्य सरकार डराएर विभिन्न षड़यन्त्र गर्दैछ।’’

गोर्खा लीग नेता प्रताप खातीले आज दार्जीलिङमा पुलिसले आन्दोलनकारीहरूमाथि गरेको गोलीबारीको घोर भर्त्सना जनाए। “यो अत्यन्त अगणतान्त्रिक र बर्बरतापूर्ण कार्य हो’’, उनले भने।

भारतको संविधान र सुप्रिम कोर्टको प्रावधानअनुसार देशका कुनै पनि स्थानमा शान्तिपूर्ण ऱ्याली निकाल्न पुलिस प्रशासनको अनुमति नपर्ने बताउँदै खातीले भने, दार्जीलिङ पहाड़मा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई दबाउन ममताले जे गरिरहेकी छन्, त्यसलाई हेर्दा एउटा कुरा स्पष्ट हुन्छ, उनी संविधान जान्दैनन्।

यसका साथै उनले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई सफल बनाउन सबै पार्टीले आ-आफ्नो पार्टीले झण्डा त्यागेर ऱाष्ट्रिय झण्डा बोकेर एउटा एउटा समूहमा सम्मिलित भएर अघि बढ्नुपर्ने सुझाउ राखे। “झण्डाले शत्रुता सृष्टि गर्दछ। कुन सानो कुन ठूलो पार्टी नहेरेर सबै राष्ट्रिय झण्डा बोकेर एकबद्ध भई सड़कमा उत्रेर आन्दोलनलाई सफल बनाउनु आजको आवश्यकता हो’’, उनले भने।

खरसाङः गोर्खा जनमुक्ति मोर्चालाई आतङ्कवादी भन्ने राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको बयानप्रति भारतीय गोर्खा परिसङ्घ (भागोप) –ले घोर भर्त्सना जनाएको छ।

आज खबरम्यागजिनसँग बोल्दै भागोपका राष्ट्रिय अध्यक्ष सुखमन मोक्तानले दार्जीलिङमा पुलिसले गरेको गोलीबारीको तीखो शब्दमा निन्दा मात्र गरेनन् तर यो गोलीकाण्डको निष्पक्ष न्यायिक जाँचका वागि केन्द्रले विशेष पहल गर्नुपर्ने माग पनि गरे।

उनले भने, “केही दिनदेखि दार्जीलिङ पहाड़ले ‘राज्य आतङ्क’ भोगिरहेको छ। गोलीकाण्ड, लाट्ठीचार्ज, अलोकतान्त्रिक छापामारी र मोर्चा नेताहरूको घर तोड़फोड़ सबै पुलिसले गरिरहेछ। यो सबै मुख्यमन्त्री ममता ब्यानर्जीकै निर्देशनमा भइरहेको छ। आज दार्जीलिङमा भएको गोलीकाण्ड पनि उनकै निर्देशनमा भएको हो।’’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन