गोली हानेर आन्दोलनकारीको हत्या गर्ने सरकारको विरोधमा अघि आयो सिक्किम तृणमूल काङ्ग्रेस

गान्तोकः सिक्किम प्रदेश तृणमूल काङ्ग्रेस कमिटी महासचिव छिरिङ वाङचुक लेप्चाले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा बङ्गाल सरकारले निर्दोष जनतामाथि गोली चलाएर हत्या गरेको घटनालाई घोर निन्दा गरेका छन्। महासचिव लेप्चाले प्रेस बयान जारी गर्दै भनेका छन्, ‘पुलिसले निर्दोष जनतामाथि गरेको कार्वाहीको भत्सर्ना गर्दै ममताले ठीकसित प्रतिक्रिया गर्नुपर्छ।’

उनलेपुलिस ज्यादत्तीमा घाइते बनेकाहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। उनले दार्जीलिङ र सिक्किमे जनताको राम्रो सम्बन्ध रहेको तथा दार्जीलिङलाई चोट लाग्दा सिक्किमलाई दुख्ने गरेको बताएका छन्। निर्दोष युवाहरूको हत्याप्रति घोर भत्सर्ना गर्ने बताउँदै महासचिव लेप्चाले भनेका छन्, ‘जब दार्जीलिङ हाँस्छ म पनि हाँस्छु, जब दार्जीलिङ रून्छ म पनि रून्छु। उनले पार्टी अध्यक्ष ममता व्यानर्जीलाई शान्ति फर्काइ ल्याउने अपिल पनि गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन