जलढकामा जल्यो दुईवटा वाहन: गोरूबथानमा एउटाः कुमाई पञ्चायत कार्यालय तोडफोड

कालेबुङःदार्जीलिङको घटनापछि आज कालेबुङ पनि तनाउपूर्ण बनिरह्यो। कालेबुङ जिल्ला अन्तर्गतको खण्ड तीनमा रहेको जलढका थाना परिसरमा राखिएको पुलिसको दुईवटा गाडी जलाइएका कारण जलढका क्षेत्रमा स्थिति तनाउपूर्ण बनिरह्यो। विशेष गरी दार्जीलिङको घटनालई केन्द्र गर्दै रोङ्गो-दलगाउँ क्षेत्रका युवा कार्यकर्ताहरू विक्षोभ प्रदर्शन गर्दै जलढका थाना पुगेका थिए। दिउँसो लगभग 3 बजीतिर जलढका थाना परिसरमा प्रदर्शनकारीहरूको भीड जमेको थियो। यसै क्रममा पुलिसको गाडीमा आगजनी भएको थाहा लागेको छ। घटना अवधि भीडलाई नियत्रणमा लयाउन पुलिसले ब्ल्याङ फायर समेत गर्न परेको खबर छ।
अर्कोतिर जलढका थाना अन्तर्गतको कुमाई ग्राम पञ्यात कार्यालयमा पनि आगजनी एवं तोडफोड भएको छ। दिउँसो 3 बजीतिर भएको उक्त घटनाको खबर पाएलगत्तै पुलिसद्वारा आगोलाई नियन्त्रणमा लिएको छ।
यसका साथै गोरुबथानको सोमबारे बजारमा रोकेर राखिएको एउटा विद्युत विभागको पीअप् गाडी पनि आज साँझ 4.30 बजीतिर जलाइएको खबर प्राप्त भएको छ। आगोलाई नियन्त्रणमा ल्याउन मालबजारको दुईवटा दमकलको गाडी घटनास्थलमा ल्याउन परेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन