दिल्लीमा प्रतिवादः जाप मिसियो मोर्चाको प्रतिवाद प्रदर्शनीमाः डुवर्समा बन्द सफल

बन्द डुवर्स

दिल्लीः दिल्लीको जन्तरमन्तरमा गोर्खाहरूले गोर्खाल्याण्डको माग अनि बङ्गाल सरकारको बर्बरताको विरोधमा धर्ना र जुलुस निकालेको थियो। जहाँ दिल्ली क्षेत्रका विभिन्न दल, नागरिक समाज अनि सङ्घसंस्थाका मानिसहरूको व्यापक उपस्थिति थियो। इण्डियन आइडल प्रशान्त तामाङ समेतले प्रदर्शनीमा अंशग्रहण गरेका थिए।

कालेबुङः गोर्खा जनमुक्ति मोर्चाले निकालेको प्रतिवाद प्रदर्शनीमा क्रामाकपापछि आज जन आन्दोलन पार्टी पनि मिसियो। यता पश्चिम बङ्गाल सरकारले डा. हर्कबहादुर छेत्रीको अङ्गरक्षक आजदेखि हटाइदिएको छ। डम्बरचौकमा मोर्चा नेताहरूसितै क्रामाकपा अनि जापका नेताहरूले पनि जनतालाई सम्बोधन गरेका थिए। उनीहरूले मुद्दाको सवालमा सबै एकै रहेको अनि राज्यातङ्क विरुद्ध सबैले दल, संस्था भुलेर राज्य सरकारको बर्बर्ताको विरोध र छुट्टै राज्यको निम्ति एकबद्ध हुनुपर्ने जनाए।

डुवर्सः मोर्चाद्वारा डाकिएको १२ घण्टा बन्द सफल बनेको छ। यद्धपि बन्द अवधी नगरकट्टा अनि लुकसान इलाकाका सबै व्यापारी प्रतिष्ठानहरु खुला नै रह्यो। लामोदूरीका यात्री बस सेवाहरु भने विहानदेखि नै ठप्प रह्यो। जसको कारण यात्रीहरुलाई धेरै असुविधा भएको पनि देखियो। खण्ड क्षेत्रको सिप्चु फारस वस्ती इलाका पुलिसहरुको छावनीमा परिणत भएको थियो। विहानदेखि नै प्रशासनले खुनियामोडको राष्ट्रीय राजमार्गमा व्यारिकेड लगाएर राखेको थियो।

सिप्सु क्षेत्रको बलिदान पार्क क्षेत्रभरि नै पुलिस अनि सीआरपीएफ वाहिनी तैनाथ रहेको थियो। शान्त ठाउँमा पुलिसहरुको हलचल देखिएकाले मानिसहरुमा एक प्रकारको आतङ्कको माहोल थियो। यसै पनि गोर्खाल्याण्डको आन्दोलनको सवालमा सिप्सु क्षेत्र धेरै प्रख्यात ठाउँ रहेको छ। जहाँ २००९ सालमा तीन जना गोर्खाल्याण्ड समर्थकहरु पुलिसको गोलीमा मारिएका थिए।  १२ घण्टा बन्द अवधी कहीँ पनि अप्रिय घटना नभएको थाहा लागेको छ। सिप्चु फारस वस्तीका मानिसहरुले आइतबार ३ वजे मौन जुलुस निकालेका थिए।

यता सिलगढीमा पनि साँझ राकेँ जुलुस निकालिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन