कार्यकारी सदस्यले दिए कामी बोर्डबाट राजिनामाः भने, जातिलाई परेको बेला बोर्ड थन्काएर आउ

कालेबुङः पश्चिम बङ्गाल कामी सांस्कृतिक अनि विकास बोर्डका कार्यकारी सदस्य नारदमणि घतानी अनि सदस्य टीआर गजमेरले राजिनामा दिएका छन्।

वर्तमान अवस्थामा राज्य सरकारले गोर्खाहरूको आकांक्षा विरुद्ध अप्नाइरहेको दमननीतिको विरोध गर्दै उनीहरूले आआफ्ना पदबाट राजिनामा दिएको बताएका छन्। उनीहरूले कालेबुङको डा. ग्राह्महोम्स विश्वकर्म युथ एसोसिएसनबाट पनि राजिनामा दिएका छन्। आज पत्रकारसम्मेलन गर्दै उनीहरूले उक्त कुराको जानकारी दिएका छन् भने उनीहरूसितै उक्त एसोसिएसनबाट अन्य 13 जना सदस्यले पनि राजिनामा दिएका छन्।

दार्जीलिङमा भएको घटनाप्रति उनीहरूले भर्त्सना जनाउँदै शहिदहरूलाई श्रद्धाञ्जली पनि प्रकट गरेका छन्। ‘वर्तमान अवस्थामा जातभन्दा जाति ठूलो हो,’ नारदमणि घतानीले भने, ‘जातको विकासको निम्ति दिएको विकास बोर्डलाई फिर्ता गरेर सबैले नै आन्दोलनमा सहभागी बन्ने आह्वान गर्दछौँ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन