गौलन लेप्चा, छिरिङ शेर्पा, ढेण्डुप भोटिया, म्याक्सिमस कालिकोटे, केएन सुब्बा लगायत 30 घर समर्थकले छोडे तृणमूल

कालेबुङः जिल्ला हिल तृणमूल काङ्ग्रेसको कालेबुङ जिल्ला कमिटीका अक्ष्यक्ष गौलन लेप्चाले पार्टीबाट राजिनामा दिएका छन्। वर्तमान अवस्थामा गोर्खाहरूप्रति भइरहेको दमन नीति अनि गोर्खाल्याण्ड राज्य गठनको मागलाई दबाउने राज्य सरकारको नीतिको विरोध जनाउँदै लेप्चाले पार्टीबाट राजिनामा दिएका छन्। आफूले शुरूवातदेखि नै गोर्खाल्याण्डको निम्ति आन्दोलनमा सहभागी बनेर कार्य गरेको अनि वर्तमान स्थितिमा तृणमूल काङ्ग्रेसले गोर्खाहरूको एउटै लक्ष्य गोर्खाल्याण्डलाई दबाउन अप्नाएको नीतिको विरोधमा नै पार्टी त्याग गरेर गोर्खाल्याण्ड मागलाई समर्थन जनाएको लेप्चाले बताएका छन्। लेप्चा लगायत कालेबुङ खण्ड १ का तृणमूल कमिटी अध्यक्ष छिरीङ शेर्पाले पनि पार्टीबाट राजिनामा दिएका छन् भने केएन सुब्बा, ढेण्डुप भोटिया अनि म्याक्सिमस कालिकोटेले पनि तृणमूल काङ्ग्रेसबाट राजिनामा दिएका छन्।

यसरी नै लाभाका ३० घर तृणमूल काङ्ग्रेस कार्यकर्ताहरूले पनि सामुहिक रूपमा पार्टीबाट राजिनामा दिएका छन्। हाल पहाडमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन जनाउँदै पार्टीबाट राजिनामा दिएको उनीहरूले बताएका छन्। लाभामा भएको गोर्खाल्याण्ड मागको जुलुसमा उक्त ३० घरका सदस्यहरूले पनि सहभागिता जनाएर आफूहरू गोर्खाल्याण्डको पक्षमा रहेको बताएका छन्।

यस अतिरिक्त पेदोङका धेरैजना तृणमूल समर्थकहरूले पार्टी त्याग गरेर गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन जनाएको जानकारी प्राप्त भएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन