मानव अधिकार संस्थाले गऱ्यो पहाड़बाट सेना हटाउने माग,गोलीकाण्डको न्यायिक जाँच, पुलिसकर्मीलाई दण्ड र क्षतिपूर्तिको माग

सिलगढ़ीः कोलकाता आधारित राष्ट्रिय स्तरको मानव अधिकार संस्था एसोसिएसन फर प्रोटेक्सन अफ डेमोक्रेटिक राइट्स (एपीडीआर)-को सिलगढ़ी शाखाले एक प्रेस विवृत्ति जारी गरेर १७ जूनको दार्जीलिङगोलीकाण्डको भर्त्सना जनाउँदै पश्चिम बङ्गाल सरकारको निर्मम दमन नीतिको प्रतिवाद जनाएको छ। गोजमुमो पार्टी कार्यालयमा मारिएको बिना सूचना बलजफ्ती छापा र युएपिए एक्ट र अन्तर्गत देशद्रोहको मामिला थोपिएको विरोध पनि संस्थाले जनाएको छ।

संस्थाका सचिव अभिरञ्जन भादुड़ीद्वारा जारी विज्ञप्तिमा एपीडीआर-ले निम्नलिखित मागहरू राज्य सरकारसमक्ष राखेको छ-१. १७ जूनमा सिंहमारीको पुलिस गोलीकाण्डको न्यायिक जाँच२. गोलीकाण्डमा सम्बन्धित पुलिसकर्मीलाई दण्ड३. घटनामा मारिएकाहरूको परिवारजनलाई यथेष्ट क्षतिपूर्ति४. दार्जीलिङ पहाड़बाट भारतीय सेना र अर्द्धसामरिक वाहिनीलाई तुरून्त विस्थापन५. पहाड़मा शान्ति बहालीका लागि सम्बन्धित जनता, राजनैतिक दल, सङ्गठनहरूसँग संवाद स्थापना।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन