पहाडको मुद्दालाई लिएर केन्द्रमा चहलपहलः भाजपाले अप्नायो सतर्कता

कालेबुङः भाजपा अध्यक्ष अमित शाहले भाजपा साना राज्यकको पक्षमा रहेको त स्वीकारे तर गोर्खाल्याण्डो मुद्दालाई लिएर भने पटक्कै मुख खोलेका छैनन्। यद्धपि उनका केही वयानहरूले भने पहाडको मुद्दाबारे भाजपा निक्कै सतर्क रहेको अनुमान गर्न सकिन्छ।

बङ्गाल भाजपा अध्यक्ष दिलिप घोषले केहीदिन अघि पनि ‘राज्यको भाजपा गोर्खाल्याण्ड राज्य गठनको पक्षमा छैन’ भनेदेखि भाजपाप्रति गोर्खाहरूको रोष बढ्दै गइरहेको थियो। पहाडको मुद्दामा चङ्खो बसेका अमित शाहले तुरुन्तै दिलिप घोषलाई गोर्खाल्याण्डको मुद्दालाई लिएर मुख नखोल्ने निर्देश दिएका छन्।

दिलिप घोषले पनि यो मुद्दाबारे मुखमा औंला राख्ने र केन्द्रको निर्देश पालन गर्ने बताएका छन्।

यता केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले दार्जीलिङमा भइरहेको आन्दोलनबारे रिपोर्ट मागेका थिए, ममता व्यानर्जीले दिन मानेनन्। उल्टै ममता व्यानर्जीले गोर्खा जनमुक्ति मोर्चालाई हिंसा गर्न केन्द्रलाई नउक्साइदिने निवेदन गरेकी थिइन्।

‘कुनै पनि समस्याकको समाधान बहसद्वारा नै सम्भव छ,’ राजनाथ सिंहले भनेका छन्, ‘हिंसाले समस्या अझ बढेर जानेछ। केन्द्र हिंसात्मक आन्दोलनको पक्षमा छैन।’

उनको यो वयान ममता व्यानर्जीको निवेदनको आधारमा आएको हुनसक्ने सम्भावना रहेको छ। वास्तवमा कसरी पहाडले हिंसात्मकरूप लियो, यसको जाँच केन्द्रले गरेको छैन।

सांसद एसएस अहलुवालियाले आफू पहाड पुग्न नसकेकोमा खेद प्रकट गर्दै पहाडको समस्या समाधान गर्ने पक्षमा डटिरहेको जनाएका छन्।

भाजपा वा केन्द्रले छुट्टै राज्य गोर्खाल्याण्डबारे अहिलेसम्म नकरात्मक वा सकरात्मक कुनै पनि वयान दिइरहेको छैन। उनीहरूले राज्य र मोर्चालाई पहाडमा शान्ति कायम राख्ने अपिलसम्म गरेका छन्।

गोर्खाल्याण्डबारे मुख नखोले पनि केन्द्र दार्जीलिङमा भइरहेको आन्दोलनबारे भने निक्कै सतर्क देखिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन