सीके श्रेष्ठ र मुनिश तामाङ पनि पुगे जिमखानाः जाप, काङ्ग्रेस, गोर्खालिग,डुवर्स युनाइटेड डेभलोपमेन्ट फाउण्डेशन पनि सहभागी

दार्जीलिङः केहीदिन अघि सोसल मिडियामा सिके श्रेष्ठलाई लिएर निक्कै बहस चलेको थियो। एउटा समूहले श्रेष्ठलाई पनि सर्वदलीय बैठककमा बोलाउनुपर्छ भन्ने कुरा उठाएको थियो। आज दार्जीलिङ जिमखानामा भइरहेको सर्वदलीय बैठकमा श्रेष्ठ पनि पुगेका छन्।

अर्कोतिर भागोपका प्रतिनिधिकोरूपमा मुनिश तामाङ पनि सामेल छन्। यता हिल काङ्ग्रेसका प्रतिनिधिहरू पनि पुगेका छन्। काङ्ग्रेसबाट दीलिप प्रधान, शान्तिकुमार शर्मा, सुरेन्द्र पारेख सामेल छन्। गोर्खालीगले पनि वैठकमा प्रतिनिधि पठाएको छ। गोर्खालीग महिला इकाईका-सीता भोटिया सामेल छन्। गोरामुमोबाट एनबी छेत्री, सन्दिप लिम्बु, वाई लामा सामेल छन्। बीजेपीबाट सुमन शर्मा सामेल छन्।

यसबाहेक भागोपका सुखमन मोक्तान, गोरानिमोका दावा पाखरिन, मोर्चाबाट विधायकहरू अमर राई, सरिता राई अनि रोहित शर्मा, सामुएल गुरुङ, तिलकचन्द्र रोका, पी. अर्जुन सामेल छन्। क्रामाकपाबाट गोविन्द चेत्री, किशोर प्रधान अनि अरूण घतानी छन्।

जापबाट विशाल राई, टाशी शेर्पाआदि छन्। यता दार्जीलिङ, डुवर्स युनाइटेड डेभलोपमेन्ट फाउण्डेशनले पनि बैठकमा सहभागिता जनाएको छ। उनीहरूमा तिलक थापा, कुमार खत्री, ध्रुब मुखिया, सुबास छेत्री रहेका छन्।

सर्वदलीय बैठकमा जम्मा 10 वटा दलले अंशग्रहण गरेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन