हिल तृणमूल मोटर ड्राईभर वर्कस यूनियनका सदस्यहरूले दिए राजिनामा

कालेबुङः  हिल तृणमूल मोटर ड्राईभर वर्कस यूनियनका मूल सचिव रिचर्ड भुजेल अनि कार्यकारी सदस्य गणेश छेत्री लगायत सम्पूर्ण सदस्यहरूले उक्त यूनियनबाट राजिनामा दिएका छन्। सम्पूर्ण पहाडवासी अहिले गोर्खाल्याण्डको निम्ति सडकमा ओर्लिएको समयमा आफूहरू पनि गोर्खाल्याण्ड मुद्दालाई समर्थन जनाउँदै तृणमूलको यूनियन छोडेर पुन चालक महासङ्घमा सामेल बनेको रिचर्ड भुजेलले बताएका छन्।

भुजेल मेन लाइन ट्याक्सी ड्राईभर वेलफेयर एसोसिएसनका वर्तमान मूल सचिव पनि हुन् भने आज उनीहरूले चालक महासङ्घको कार्यालयमा अध्यक्ष महेन्द्र गुरूङसित भेट गरेका छन्। चालक महासङ्घका अध्यक्ष महेन्द्र गुरूङले पनि हिल तृणमूल मोटर ड्राईभर वर्कस यूनियनका पदाधिकारीहरूसहित सम्पूर्ण सदस्यहरू चालक महासङ्घमा पुनः फर्किआएको जानकारी गराउँदै स्वागत जनाएका छन्। उनले हिजो कालिझोडामा भएको वाहन जलाएको घटनाप्रति भर्त्सना जनाउँदै यस्ता कार्य गर्ने कुतत्त्वहरूलाई पक्राउ गरिनुपर्ने माग राखेका छन्। वर्तमान अवस्थामा चालकहरू आफै पनि सचेत बन्नुपर्ने आवश्यक्ता रहेको पनि उनले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन