मिरिकमा ऱ्यालीः ‘फेरि सम्झौतामा आए पार्टीभित्रै विद्रोह गर्नेछौँ’

मिरिकः मिरिकमा गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले ऱ्याली निकाल्यो। ऱ्यालीमा भर्खरै तृणमूल काङ्ग्रेसमा ओमप्रकाश थापा लगायत अन्यहरू पनि सहभागी  बने। गोरामुमो नेता अमिर थापाले सुबास घिसिङको सपना साकार गर्न गोरामुमो प्रतिबद्ध रहेको जनाए।  अर्कोतिर गोजमुमोले पनि ऱ्याली निकाल्यो। उनीहरूले पनि गोर्खाल्याण्डको पक्षमा नाराबाजी गरे।

‘यदि यो जनआन्दोलन पनि कूनै सम्झौतामा गएर समाप्त हुन्छ भने गोजमुमो सौरेनी समष्टिले आफ्नै पार्टीभित्र बिद्रोह गर्नेछ। यो आन्दोलन कुनै एउटा राजनैतिक दलको होइन तर यो सम्पूर्ण गोर्खा जातिको अस्तित्व र चिन्हारीको लडाई हो,’ गोजमुमो सौरेनी समष्ठीले निकालेको ऱ्यालीमा महासचिव पूर्णसिंह राईले यसो भनेका छन्।  उनले जबसम्म गोर्खाल्याण्डको माग पुरा हुदैन तबसम्म सबै डटेर लड्ने पनि बताए।

क्रामाकपाको केन्द्रीय सदस्य अर्जुन थापाले पनि क्रामाकपाको जन्म नै गोर्खाल्याण्डको निम्ति भएकोले यदि यो मागलाई रावणले पनि उठान गर्छ भने क्रामाकपा साथ दिन तयार छ भन्दै उनले यसरी बङ्गालले गोर्खाहरूमाथि अतिक्रमण गर्दा गोर्खाल्याण्डको औचित्य खटकेकोले पुनः क्रामाकपा अन्य दलहरूसँग मैदानमा आएको उनले बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन