23 जुन होस्टलका विद्यार्थीहरूलाई 12 घन्टा छुटः स्कूलले वाहनमात्र प्रयोग गर्न सकिने

दार्जीलिङः 23 जुनको दिन बाहिरबाट पढ्न आएका अनि होस्टलमा रहेका विद्यार्थीहरूको निम्ति गोर्खा जनमुक्ति मोर्चाले 12 घन्टाको छुट दिएको छ।

बिहान 6 बजीदेखि बेलुका 6 बजीसम्ममात्र यो छुट रहेको छ। ‘आन्दोलन छुट्टै राज्य नभएसम्म जारी रहनेछ, सर्वदलीय सहमतिका कार्यक्रम बन्दै जानेछ, त्यो अघि मोर्चालाई आन्दोलनसम्मत केही कुराहरूमा निर्णय गर्न छुट छ,’ विनय तामाङले खबरम्यागजिनसित भने, ‘त्यसै कारण होस्टलमा रहेका विद्यार्थीहरूलाई घर पठाउनको निम्ति यो छुट दिइएको हो। विद्यार्थीहरूलाई घर पठाउन सिलगढी र सिक्किमको सिमानासम्म पुऱ्याउन सबै स्कूलले आफ्नो स्कूल बस प्रयोग गर्न पर्नेछ।’

उनले स्पष्ट पारेका छन्, बस बाहेक अरू वाहनलाई स्कूलले प्रयोग गर्न पाउनेछैन।

धेरै विद्यार्थीहरू अचानक शुरु भएको अनिश्चितकालीन बन्दको कारण होस्टलमा नै छन्, उनीहरूलाई सकुशल घर फर्काउन स्कूललाई यो छुट दिइएको हो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन