आन्दोलनमा उप्रान्त ‘नो’ सम्झौता ‘नो’ झण्डा

कालेबुङः कालेबुङका विभिन्न गैरसरकारी सङ्गठनले जन आन्दोलन पार्टीको कार्यालयमा एउटा अन्तरक्रियात्मक कार्यक्रम गऱ्यो। जहाँ डा. हर्कबहादुर छेत्री, प्रताप खाती, विष्णु छेत्री, हू केयर्सका एरोन योञ्जन, उदय कुमाइ लगायत अन्य सङ्गठनका प्रतिनिधिहरू उपस्थित थिए।

उनीहरूले नेता र दलबाट निस्किएर जनताको हातमा पुगेको आन्दोलनलाई सबै दल, संस्था, बुद्धिजीवी, सचेतहरू गोलबद्ध बनेर अघि बढाउनुपर्ने कुरामा चर्चा गरे।

‘अब कुनै पनि दललाई आन्दोलनलाई कुनै पनि सम्झौतातिर लैजानु नदिन दवाब बनाइराख्नुपर्छ,’ एरोन योञ्जनले खबरम्यागजिनसित भने, ‘आन्दोलनमा सबै दलले झण्डा थन्काएर राष्ट्रीय वा कुनै साझा झण्डा लिएर अघि आउनुपर्छ, यसो भएमा नागरिक समाज खुलेर आन्दोलनमा सरिक हुन सक्छन्।’

उनले आज उपस्थित समूहको सहमति अनुसार सबै दललाई यसबारे पत्रचार गरेर सुझाव राखिने पनि बताएका छन्।

यता डा. हर्कबहादुर छेत्रीले पनि यसपल्ट कसैले पनि जनताको आन्दोलनलाई दुरुपयोग गर्न नहुने बताए। ‘यो एउटा राम्रो मौका हो, यसपल्ट कुनै कुरामा सम्झौता नहोस्। आन्दोलन जनताको हातमा छ, त्यसै कारण हामीले झण्डा थन्कायौँ,’ उनले भने, ‘गृहमन्त्री राजनाथ सिंह भन्छन् राज्यसित भूलबुझाबुझ क्लियर गर। तर हाम्रो राज्यसित भूल बुझाबुझ नै छैन, राज्य दिने त केन्द्र हो। हामीले केन्द्रलाई दवाब दिनुपर्छ। केन्द्रलाई भन्नुपर्छ, गोर्खाल्याण्ड बाहेक कुनै पनि सम्झौता जनताले मान्ने छैनन्, नेतालाई खुशी बनाएर हुँदैन जनतालाई खुशी बनाउ।’

उनले दिल्लीमा कुनै पनि खिचडी पाकिरहेको हुनसक्ने पनि बताए। ‘यसबारे हरेक नागरिक समाज चङ्खो बस्नुपर्छ। गोर्खाल्याण्ड बाहेकको कुनै पनि खिचडी मान्नु हुँदैन’, उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन