बिजनबारीमा सकियो तृणमूलः तृणमूल समर्थकहरूले लगाए गोर्खाल्याण्डको नारा

बिजनबारीः पहाडमा विस्तारै तृणमूल काङ्ग्रेस धस्किन थालेको छ। विश्वभरि नै गोर्खाल्याण्डको आन्दोलन चलिरहेको बेला अनि सबै दलहरू एकबद्ध बनेर जनताको आन्दोलनलाई घि लगिरहेको बेला तृणमूल काङ्ग्रेमा लागेका पहाडका गोर्खाहरूको स्वाभिमानले ममता व्यानर्जीलाई साथ दिन मानिरहेको छैन।

विभिन्न बोर्डहरूबाट पदाधिकारीहरूले राजिनामा दिने काम गरिरहेका छन् भने तृणमूल काङ्ग्रेसमा लागेकाहरू पनि गोर्खा जनमुक्ति मोर्चामा आउने काम तीब्र बनेको छ।

यसै क्रममा बिजनबारीका तृणमूल समर्थथकहरू मोर्चामा सामेल बनेका छन्। गोक समष्टिबाट तृणमूलका वर्किङ प्रेसिडेन्ट, हेमन्त पौल, माइनोरिटी बिजनबारी प्रेसिडेन्ट, गोक १  ग्राम  सभापति राजेन तामाङ,  गोक १ ग्राम सचिव छोडेन शेर्पा शाखा सभापति गोकका मणिलाल तामाङ तथा संस्थापक प्रसाद देवानलगायत गोक १ का विभिन्न शाखाहरुबाट १२० भन्दा बेसी घर, गोक दुई ग्रामका ८ वटा शाखाहरुबाट लगभग २०० भन्दा बेसी घर, जसमा तृंकको गड मानिने कोमका सबै घर, नेजीबाट ५० घर, मालाताङका सबै तृंक कार्यकर्ता लगायत पदेङ मुर्मिदाङ लोवर कोलबोङबाट प्रायः सबै मोर्चामा सामेल भएका छन्।

यसैगरी कैंजले रेलिङ समष्टिबाट सुम्बुक झेपी शाखाबाट रबीरत्न प्रधान लगायत ५० घर, सिरिसे बडारे शाखाबाट १५ घर, कैजलेबाट ३० घर, लोवर लिङ्तेनबाट १५ घर, लामागाउँ साम्सु शाखाबाट २१ घर, लङुरदाङ दङिया शाखाबाट ३५ घर, लगायतले तृंकलाई छोडेर गोजमुमोमा सामेल भएका छन्।

उनीहरूले गोर्खाल्याण्डको निम्ति निकालेको ऱ्यालीमा गोर्खाल्याण्डको नारा लगाउंदै सहभागिता दिएका छन्। यता कैंजले रेलिङ समष्टिबाट पुष्प लामा, नारी मोर्चा प्रभारी देबेन्द्र तामाङ, युवा मोर्चा सभापति राजेन सुब्बा, समष्टि उपसभापति तथा पुल बिजनवारी गोक समष्टिबाट दिपक तामाङ, हेमकुमार शर्मा लगायत समष्टिका नेताहरुको उपस्तिथिमा उनीहरूले मोर्चाको झण्डा पनि ग्रहण गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन