पवन चामलिङले राजनाथ सिंहलाई पठाए गोर्खाल्याण्डको समर्थनमा पत्रः भने, ‘अलग राज्य गठन गरिनु आवश्यक छ’

गान्तोक: सिक्किमका मुख्यमन्त्री पवन चामलिङले भारतका गृहमन्त्री राजनाथ सिंहलाई गोर्खाल्याण्ड राज्य गठनको समर्थनमा पत्राचार गरेका छन्। गत मङ्गलबार उनले गृहमन्त्रीलाई लेखेको पत्रमा १७ जुनको दिन यसै मागको निम्ति दार्जीलिङमा तीनजना शहिद बनेको घटना उल्लेख गर्दै गोलिबारिमा धेरै जना घाइते बनेको घटना पनि उल्लेख गरेका छन्।

उनले पत्रमा अलग राज्य गोर्खाल्याण्डको माग सम्वैधानिक आधारमा रहेको अनि भारतीय गोर्खाहरूको राष्ट्रिय चिन्हारीका लागि पनि अलग राज्य गठन गरिनु आवश्यक रहेको बताएका छन्।

बितेका तीन दशकमा छिमेकी राज्यमा भएको छुट्टै राज्य मागको आन्दोलनमा १००० भन्दा धेरै अधिक मानिसहरूले ज्यान गुमाइसकेको बताउँदै यस क्षेत्रमा जीवनको सुरक्षाको आतङ्क जहिल्यै व्याप्त रहिरहेको उल्लेख आफ्नो पत्रमा मुख्यमन्त्री चामलिङले उल्लेख गरेकाछन्।

सिक्किम भू-परिवेष्ठित राज्य भएकोले छिमेकी राज्यमा आन्दोलन हुँदा त्यसले सिक्किमको एकमात्र जीवनरेखा मानिने राष्ट्रिय राजमार्ग १० प्रभावित हुने गरेको अनि त्यसले गर्दा राज्य जीवन अस्तव्यस्त हुने गरेको पनि उनले बताएका छन। राष्ट्रिय राजमार्ग वाधित हुँदा त्यसले विशेष गरेर दार्जीलिङ लगायत भारतका अन्य क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी लगायत सिक्किम बाहिर उपचारमा लगिने बिरामीहरूलाई असर पर्ने गरेको उनले पत्रमा लेखेका छन्।

उनले आफ्नो पत्रमा २०११ मा सिक्किम विधानसभाले गोर्खाल्याण्ड गठनको पक्षमा प्रस्ताव लिएर जानकारी गराएको पनि बताएका छन्। गोर्खा जातिले देशलाई दिएको महान योगदानको चर्चा गर्दै मुख्यमन्त्रीले यस जातिले दुर्गा मल्ल, डम्बर सिंह गुरुङ, अड़िबहादुर गुरुङ, क्याप्टन राम सिंह ठकुरी जस्ता महान विभूतिहरू राष्ट्रलाई दिएको उल्लेख गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन