राज्य सरकारले बोलाएको सर्वदलीय बैठक फ्लपः कामी र माइनोरिटी बोर्डका चार सदस्य उपस्थितः निस्किएन कुनै निचोड

सिलगढीः राज्य सरकारले सिलगढीको अतिथि गृहमा बोलाएको बैठक कुनै  निष्कर्ष बिना नै सकियो। बैठकमा बीएसपी, भारतीय राष्ट्रवादी काङ्ग्रेस, तृणमूल काङ्ग्रेस, कामी र माइनोरिटी बोर्डका सदस्यहरूको उपस्थिति थियो।

बैठकमा शिक्षामन्त्री पार्थ च्याटर्जी, राज्यगृह सचिव मलय देलगायत मन्त्री अरूप विश्वास अनि गौतम देव अनि पहाडका 15 वटा बोर्डमध्ये दुइवटा बोर्ड कामी र माइनोरिटीका चार सदस्यको विशेष उपस्थिति थियो।

बैठकमा कुनै निष्कर्ष निस्किएन। फलहीन बैठकमा दार्जीलिङको स्थितिको चर्चा गरिएको थियो। पहाडका सबै दलले वयटक गरेको बैठक फलहीन बनेपछि फेरि अर्कोपल्ट पनि बैठक बोलाउने अनि बैठकमा पहाडका दलहरूले अंशग्रहण गर्ने आशा रहेको शिक्षा मन्त्री पार्थ च्याटर्जीले पत्रकार सम्मेलनमा बताए।

केन्द्रिय गृह सचिव मलय देले पहाडमा शान्ति फर्काइल्याउन नै बैठक बोलाइएको जनाए।

यता शिक्षा मन्त्री पार्थ च्याटर्जीले दार्जीलिङमा 9 जुनको दिन भएको गोली काण्डमा पुलिसले गोली हानेको कुनै प्रमाण नरहेको बताए। उनलाई इन्टरनेट अनि स्थानीय मिडियामाथि रोक लगाएको सन्दर्भमा प्रश्न गर्दा भने, ‘तपाईँहरू नेटको के कुरा गर्नुहुन्छ, त्यहाँ मानिसहरूले खाना खान पाइरहेका छैनन्, सबै अस्तव्यस्त बनेका छन्, त्यसको किन कुरा गर्नहुन्न?’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन