माइनोरिटी बोर्ड अध्यक्षलाई पद छोड़्ने अपील

दार्जीलिङः ईसाईहरुको संयुक्त संगठन युनाइटेड क्रिश्‍चियन माइनोरिटी अर्गनाइजेशन (यूसीएमओ)-ले पनि पहाड़ी माइनोरिटी बोर्डका अध्यक्ष सोलोमन सुब्बालाई बोर्डको अध्यक्ष पदबाट राजीनामा दिएर अलग राज्य गोर्खाल्यान्डको यस आन्दोलनमा सहभागी बन्ने अपील गर्यो। सोलोमन सुब्बा यसै संगठनका एक शीर्ष पदाधिकारी हुन् अनि उनी पहाड़ी माइनोरिटी बोर्डका अध्यक्ष पदमा आसिन छन्। यसैले यूसीएमओले उनलाई यस पदबाट राजीनामा दिएर अलग राज्य गोर्खाल्यान्डको यस आन्दोलनमा सहभागी बन्ने अपील गरेको छ। आज यूसीएमओको नेतृत्वमा यहाँको सिंहमारी अनि मेरी रिसोर्टअघिबाट एकैसाथ शान्ति जुलूसको आयोजना गरिएको थियो। जसमा कैयौं ईसाईहरुको सहभागिता रहेको थियो।

यस जुलूसपछि पत्रकारहरूसित कुराकानी गर्दै संगठनका अध्यक्ष पास्टर फिलोमन लिम्बुले भने-सन् 1986-मा भएको गोर्खाल्यान्ड आन्दोलनदेखिनै दार्जीलिङ पहाड़का ईसाई समुदायले यस मुद्दालाई समर्थन जनाएर यसको लागि सहयोग प्रदान गर्दै आइरहेको छ। अबको यो आन्दोलन तेस्रो अनि अन्तिम आन्दोलननै बनिरहेको छ। यसलाई पार लगाएर सम्पूर्ण ईसाई समुदाय पनि सड़कमानै ओर्लिएको छ। यसरीनै भोलि ईसाई समुदायले तराई अनि डुवर्समा पनि गोर्खाल्यान्ड राज्य गठनको मागमा शान्ति जुलूस निकाल्ने तय भएको छ।

यसैबीच, उनले गत केही दिनअघि पहाड़ी माइनोरटी बोर्डका अध्यक्ष सोलोमन सुब्बाले गोर्खाल्यान्डको मागलाई पहाड़का ईसाई समुदायले समर्थन गर्दैन भन्ने दिएको बयानलाई झुटो हो भन्ने स्पष्टीकरण दिंदै भने-हामीले यस विषयमा सोलोमन सुब्बासित सम्पर्क गरेर केरकार गर्यौं, तर उनले यसो कुनै पनि स्थितिमा भन्न नसकिने बताएका छन्। सोलोमन सुब्बा पनि एक गोर्खा हुन् अनि उनलाई पनि अलग राज्य गोर्खाल्यान्ड चाहिएको छ।

यसैले पहाड़का ईसाई समुदायले उनीबाट गोर्खाल्यान्ड विरोधी यस्तो बयान आउँछ भन्ने सोंचेको थिएन र उनीबाट यस्तो बयान आएको छैन भन्ने स्पष्ट भएको छ। यसैबीच, सोलोमन सुब्बालाई बोर्डको अध्यक्ष पदबाट राजीनामा दिन केही समय लागिरहेको बताउँदै भने-अन्य विकास बोर्डहरुमा एउटै समुदाय मात्रै छ, तर पहाड़ी माइनोरिटी विकास बोर्डमा 8 वटा अल्पसंख्यक समुदायहरु सामेल छन्। यसैले एउटा बोर्डमा थुप्रै समुदायहरु रहेको कारणनै सोलोमन सुब्बालाई आफ्नो पद छोड़िहाल्न असुविधा भइरहेको छ। तरै पनि युनाइटेड क्रिश्‍चियन माइनोरिटी अर्गनाइजेशनले उनलाई पहाड़ी माइनोरिटी बोर्डका अध्यक्ष अध्यक्ष पद छोड़्ने अपील गरिसकेको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन