गोर्खाल्याण्डको माग पुरा नगर्नु गोर्खाहरूमाथिको अन्याय हो- मुख्यमन्त्री पवन चामलिङ

गान्तोकः मुख्यमन्त्री पवन चामलिङले गोर्खाल्याण्ड राज्यको माग भारतको संविधान आधारित जायज माग हरेको बताअका छन्। एसडीएफ पार्टीको सम्पूर्ण क्रान्ति दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पवन चामलिङले भने, “दार्जीलिङका जनतालाई गोली ठोकेर मार्दा हामी आफैं मरे जस्तो लाग्छ। गोर्खाल्याण्डको मागको आन्दोलनमा अहिलेसम्म 1200 भन्दा धेर मानिस शहिद भएका छन्। भारतको सीमाना सुरक्षामा हजारौं गोर्खा सैनिकको खुन पानी जस्तो बगेको छ।

स्वतन्त्रता सङ्ग्राममा सैयौं गोर्खा फाँसी चढे। अहिले पनि सीमानामा गोर्खा सैनिक शहिद नभएको महिना छैन। तर त्यही गोर्खाले संवैधानिक माग मागेको अहिलेसम्म पुरा भएको छैन। यो गोर्खाहरूको योग्दानलाई अवमूल्यन गरेको उदाहरण हो। यसमा हाम्रो सरकार र पार्टी खेद प्रकट गर्दछ। भारतका सबै राज्यहरू भाषाको आधारमा बनेका छन्। नेपाली भाषाले संवैधानिक मान्यता पाएको छ र भाषागत आधारमा गोर्खाल्याण्डको माग सही छ। राज्य निर्माणमा भारत सरकारले अप्नाएको सबै क्राइटेरिया दार्जीलिङले पुरा गर्छ र यो मागलाई केन्द्र सरकारले अहिलेसम्म पुरा नगर्नु अन्याय हो।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन