‘अब पार्टीको आन्दोलन होइन जनताको आन्दोलन’

मिरिकः सौरेनी समष्टिका हजारौ मानिसहरू आज पनि अलगराज्य गोर्खाल्याण्डको मागमा सडकमा निस्किए। गोर्खाल्याण्ड प्रेमी जनताले अलगराज्य गोर्खाल्याण्डको मागमा व्यापक नाराबाजी लगाए। जुलूसमा गोजमुमो, गोरामुमो जाप, क्रामाकपाका प्रतिनिधि एवं समर्थकहरूको व्यापक उस्थिति थियो।

जुलुसलाई मोर्चा केन्द्रीय सदस्य बिनोद खालिङ जाप नेता रोदन छेत्रीले  सम्बोधन गरेका थिए। उनीहरूले विभिन्न बोर्डका प्रतिनिधि र सदस्यहरूलाई पनि ऱ्यालीमा आइदिने आह्वान गरे। सौरेनी समष्टिका मोर्चा महासचिव पूर्णसिह राईले मुख्यमन्त्री  ममता ब्यानर्जीले बन्दुकको भरमा आन्दोलन  दबाउने चेष्टा गरिरहेको बताए।  क्रामाकपा केन्द्रीय  सदस्य अर्जुन थापाले गोर्खाल्याण्डको निम्ति सबै दल एक हुनु अनिवार्य रहेको अनि जनताले कुनै पनि सम्झौताको विरोध गर्नुपर्ने बताए।

यता, तराईको नक्सलबारीमा पनि गोर्खाल्याण्डको नारा गुञ्जियो । आज तराईका विभिन्न राजनैतिक दलहरूले संयुक्त रुपमा जबडादेखि नक्सलबारी स्कुलडागीसम्म गोर्खाल्याण्डको मागमा गगनभेदी नाराहरू गुञ्जायमान गराए। वी वाण्ट गोर्खाल्याण्ड, ममता ब्यानर्जी गो ब्याक जस्ता नाराहरू तराईभरि गुञ्जायमान भयो। यस बिषयमा मोर्चा सुकुना पानीघट्टा समष्टि एकका अध्यक्ष रमेश श्रेष्ठले भने, ‘अब यो आन्दोलन कुनै पार्टीको आन्दोलन नभएर जनताको आन्दोलन भएको छ। अब कुनै पनि हालतमा गोर्खाल्याण्ड हुनुपर्छ नत्र भारतका गोर्खाहरूले बङ्गालबाट छुट्ने उपाय आफै गर्नेछ। बङ्गालको अतिक्रमणको सीमा पार भयो, केन्द्र सरकारले शीघ्रै गोर्खाल्याण्डको पक्षमा आफ्नो फैसला दिनुपर्नेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन