भागोप महिला प्रकोष्टले मानवाधिकार आयोगलाई पठायो पत्रः घाइतेलाई सहयोग

सिलगढीः भारतीय गोर्खा परिसङ्घको महिला प्रकोष्टले आज मानवाधिकार आयोगलाई पत्र पठाएको छ। पत्रमा दार्जीलिङमा भएको गोलीकाण्ड निन्दनीय रहेको बताइएको छ।

साधरण जनतामाथि यसरी गोली चलाएकोले धेरैको मृत्यु, धेरै घाइते बन्न परेको र यस प्रकारको अमानवीय घटनामाथि आवश्यक कार्वाहीको निम्ति आयोगलाई पहल गरिदिने अपिल पनि गरिएको छ।

अर्कोतिर प्रकोष्टले सिलगढी अस्पतालमा रहेका घाइतेहरूसित पनि भेटघाट गरेको छ। दार्जीलिङमा भएको पुलिस फाइरिङमा परेर घाइते हुनेहरूलाई प्रकोष्टले आर्थिक सहयोग पनि गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन