गोजमुमो एकमात्र गोर्खाल्यान्डको मुद्दामा सबै पार्टीसित मिलेर अघि बढ़्नेछ

मोहन लामा

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले सर्वदलीय च्याप्टर क्लोज होइन, जीटीएको च्याप्टर क्लोज भनेको हो भनेर आफ्नो भूल सुधारे। जसलाई गोरामुमोले स्वागत जनाएको छ। यसका साथै गुरूङले 24 जूनको निर्धारित सर्वदलीय बैठकलाई 29 जूनको दिन सारेको पनि बताएका छन्, यसलाई पनि गोजमुमोले गोरामुमोले स्वागत जनाउँदै सामूहिक नेतृत्वको शीर्षस्थ स्थान विमल गुरूङलाईनै दिन तयार रहेको पनि बताएको छ। आज गोरामुमो अध्यक्ष विमल गुरूङले पातलेबासस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर भने-आज जीटीएका 43 जना सभासदहरुले राजीनामा दिएका छन् अनि सभासदहरुले राजीनामा दिएपछि जीटीएको च्याप्टर क्लोज हुन्छ भनेको हो। तर मेरो भनाईलाई तोड़मोड़ गरेर जनताअघि राख्ने कार्य भएको छ।

यसरीनै उनले सर्वदलीय बैठकको च्याप्टर जारी रहने र सबै पार्टीहरुले गोर्खाल्यान्डको आन्दोलनलाई एकसाथ बनेर अघि बढ़ाउनेछन् भन्ने बताउँदै 27 जूनको दिन दार्जीलिङ पहाड़का सम्पूर्ण क्षेत्रमा जीटीएको एकन अनि सम्झौता पत्र जलाएर नष्ट गरिने पार्टीले निर्णय लिएको पनि बताए। गोजमुमो एकमात्र गोर्खाल्यान्डको मुद्दामा सबै पार्टीसित मिलेर अघि बढ़्नेछ, तर यसमा कुनै पनि पार्टीले जनतालाई धोका दिने कार्य गर्नु हुँदैन।

उनले भने-गोजमुमोले गोर्खाल्यान्डको मुद्दा अनि जनतालाई कदापि धोका दिनेछैन, यो स्पष्ट छ, तर अन्य पार्टीहरु पनि यसको लागि इमान्दार बन्नुपर्छ अनि गोजमुमोले जीटीए परित्याग गरेपछि जीटीएको चुनाउ हुने प्रश्‍ननै आउँदैन। यसैबीच, गोजमुमो अध्यक्ष विमल गुरूङको वक्तव्यमाथि प्रतिक्रिया दिंदै गोरामुमो प्रवक्ता निरज जिम्बाले भने-गोजमुमो अध्यक्ष विमल गुरूङसित जनसमर्थन छ, यसलाई हामी पूर्णरूपले स्वीकार्छौं अनि गोर्खाल्यान्ड आन्दोलनको सामूहिक नेतृत्व पनि उनलेनै सम्हाल्नुपर्छ भन्ने गोरामुमोको चाहना छ। तर गोर्खाल्यान्डको यस आन्दोलनलाई बाधा बाटोमानै भताभुङ्गै बनाउने कार्य कसैबाट हुनहुँदैन।

अहिले गोर्खाल्यान्डको यो आन्दोलन कुनै निर्दिष्ट पार्टीको हातमा छैन, यो जनताको आन्दोलन बनिसकेको छ। जे होस्, गोजमुमो अध्यक्ष विमल गुरूङले आफ्नो बयानलाई सुधार्ने कार्य गरेका छन्, यसलाई गोरामुमोले स्वागत जनाउँछ। मान्छे हो, भूल मान्छेबाटनै हुन्छ अनि यसमा सुधार ल्याउनु सबैभन्दा ठूलो कुरा हुन्छ। उनले भने-गोर्खाल्यान्ड राज्य गठनको मागमा अहिले सम्पूर्ण गोर्खा समुदाय एक बनेको छ, तर गोर्खा जातिको यस एकतालाई तोड़्ने धेरै षड़्यन्त्रहरु भइरहेका छन्, यसमाथि सबै पार्टीका नेतृत्वहरु सतर्क हुनपर्छ।

अहिले कुनै पनि पार्टीले सानो भूल गरे बंगालका गोर्खाल्यान्ड विरोधी पार्टीहरु हाँस्नेछन् अनि गोर्खाल्यान्ड विरोधीलाई हँसाउने काम कसैबाट पनि हुन हुँदैन। यसैबीच, पहाड़का केही पार्टीले दोस्रो सर्वदलीय बैठकको ठीकअघि तृणमूल कंग्रेसका शीर्ष नेतृत्व वा राज्यका मन्त्रीसित भेट गरेको र केही घण्टा लामो गोप्य बैठक गरेको आरोप सम्बन्धमा सोध्दा उनले भने-यदि कसैसित यसको प्रमाण छ भने सार्वजनिक गर्नुपर्छ। तर गोजमुमोकै नेता रोशन गिरीले दिल्लीमा अड्डा जमाएर बस्नु उचित होइन।

गोरामुमो गोर्खाल्यान्डको मुद्दामा साँच्चै इमान्दार छ अनि यस पार्टीले आफूमाथि आइपरेका सम्पूर्ण संकट र समस्याहरुलाई पनि पन्छाउने कार्य गरेको छ। गोरामुमो आफ्नो आत्मीय छैटौं अनुसूचीको मुद्दालाई पनि किनारा लगाएर गोर्खाल्यान्डको  मुद्दामा सड़कमा आइसकेको छ, जसमा आज गोरामुमो अध्यक्ष मन घिसिङ पनि सामेल थिए।

आज गोरामुमोले गोर्खाल्यान्डको समर्थनमानै यहाँको रेलवे स्टशेनदेखि विराट जुलूस पनि निकालेको थियो। यसपछि पत्रकारहरुसित बोल्दै जिम्बाले सबै पार्टीलाई आ-आफ्नो झण्डा थन्को लगाएर राष्ट्रिय झण्डा बोकेर जुलूस आदिमा भाग लिने पनि अपील गरे। उनले अझै अघि भने-गोरामुमो गोर्खाल्यान्डको यस आन्दोलनमा गोजमुमो अध्यक्ष विमल गुरूङलाई नेता मान्न तयार छ, यसमा गोरामुमोलाई कुनै आपत्ति छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन