सिक्किमको गाउँ गाउँबाट गोर्खाल्याण्डको समर्थन उठ्दैः रम्फूका सर्जकहरूद्वारा सिर्जनात्मक प्रतिवाद

रम्फुः रम्फुका युवा सर्जकहरू छिरिङ दीन, विपल घले, विकास वान्तवालगायतका टोलीले रम्फुमा बङ्गाल सरकारको दमननीतिमाथि सिर्जनात्मक प्रतिवाद जनाउँदै एक कार्यक्रम गऱ्यो। रोङ्गो, दलगाउँ लगायत बङ्गालका नेपाली बहुल क्षेत्रका अनि रम्फुमा विभिन्न क्षेत्रमा रोजगार गरिरहेका गोर्खाहरूका एक टोलीले यो कार्यक्रम गरेको हो।

दलगाउँ निवासी चन्दन गुरूङले ममता व्यानर्जीको सरकारले नागरिकको बाँच्ने, बोल्ने र संविधानले दिएको अधिकारको दाबी  गर्ने हकमाथि हस्तक्षेप गरेर मानवाधिकार विरोधी पहल गरिरहेको बताए। उनी पुराना अनि चर्चित गायक हुन्। रम्फुमा रहेका कलाकार, समाज सेवीहरूको एक समूहले चलिरहेको छुट्टै राज्यको आन्दोलनलाई बल पुऱ्याउन आगामी पदक्षेप लिइने पनि उनले बताए।

कवि छिरिङ दीनले जतै रहे पनि भारतीय गोर्खाहरूले यतिखेर जनमुद्दालाई कसैको पेवा बनाउन दिन नहुने जनाए। ‘यो मुद्दा जनताको हो, जनता नै अहिले सडकमा छ, यति

 

खेर कुनै पनि नेताले आन्दोलन विथोल्ने कुनै पनि सानो गल्ती गरेको खण्डमा उसलाई तत्कालै जनप्रतिनिधिको तहबाट भुइँमा झार्ने शक्ति निर्माण गर्नुपर्छ,’ उनले भने, ‘यसै कारण रम्फुका नेपाली भाषी गोर्खाहरूलाई एकिकृत गरेर अघि बढ्न यो भेला जुटाइएको हो।’

कवि विपल घलेले पनि बङ्गाल सरकारको दमननीतिले पहाडका गोर्खाहरूको आत्मसम्मानमा चोट पुगेको बताए। ‘यो आत्म निर्णयको बेला हो,’ उनले भने, ‘राज्य र केन्द्रको आँधीसित लड्ने शक्ति हामीले सञ्चय गरिराख्नु अनिवार्य छ।’

कालेबुङ निवासी गायक रजित तामाङले पनि प्रतिवाद कार्यक्रमलाई सम्बोधन गरे। उनले यतिखेर रम्फुका सम्पूर्ण नागरिकहरूबाट समर्थन जुटाएर आन्दोलनलाई आवश्यक परेको बेला सहयोग पुऱ्याउन एउटा सङ्गठन तयार पार्ने पनि बताए। ‘भोलि सङ्गठनको खाका तयार हुनेछ,’ उनले भने, ‘उप्रान्त त्यही सङ्गठनले काम गर्नेछ।’

कार्यक्रममा स्थानीय नागरिकहरूको उपस्थिति थियो।

रिनाक, नामथाङः प्रस्तावित गोर्खाल्यण्ड क्षेत्रबाट जन्मिएको छुट्टै राज्यको मागको समर्थनमा देश विदेशमा जनता सड़कमा उत्रिएका छन्। यसैगरि सिक्किमले आफ्नो छिमेकी रगतको साइनो जोडिएको दाजु-भाइको साइनोको महत्वलाई अझ बलियो पार्दै गाउँ गाउँमा गोर्खाल्याण्डको समर्थन जुटाउँदै आन्दोलनलाई प्रोत्साहित गर्न शान्ति जुलुस गरिहेको छ।

यसैक्रममा पूर्व सिक्किमको रिनाक बजारमा हजारौंको संख्यामा सिक्किमे जनता गोर्खाल्याण्ड आऩ्दोलनको समर्थन गर्दै पश्चिम बङ्गाल सरकारले निर्दोष जनतामाथि गोली चलाएर हत्या गरेको घटनाको जोरदार विरोधमा अघि आएका छन्। साँझ ६ बजीदेखि थालिएको जुलुसमा गोर्खाल्यान्डको समर्थनमा व्यापक नाराबाजी गर्दै मैनबत्ती जलाएर आन्दोलनका सहीदहरूप्रति श्रद्धाञ्जलि अपर्ण गरियो। आजको जुलुसमा उपस्थित स्थानीय वरिष्ठ नागरिकले भने आज यो जुलुस रिनाककै अभूतपूर्व भन्दा अत्युक्ति नहोला।

 

रगतको साइनोले नै होला।मेरो अन्दाजमा हजारौंको संख्यामा सहभागिता हुनु ऐतिहासिक कुरा हो, उनले भने। जुलुसले बजार परपक्रमा गर्दै रिनाक चौरस्तामा पुगेर फर्की फेरि बजारमै समापन गरिएको। यो कार्यक्रममा बाल, वृद्ध, वनिता र कर्मचारी सबैको सहभागिता रहेको। दार्जिलिङका जनता हाम्रा दाजुभाइ हुन् उनीहरूले सम्वैधानिक हक, अलग राज्य पाउनैपर्छ। देशका निम्ति रगत बगाउने जातिले माटोको हक पाउनुपर्छ। हामी सिक्किमे सबैको साथ छ भन्ने नाराले करीब डेढ घण्टा रिनाक गुञ्जायमान बन्यो।

अर्कोतिर दक्षिण सिक्किमको नामथाङ रातेपानी क्षेत्रको लोवर करेक, लोवर काब्रे, झोलुङे र माम्रिङमा दार्जीलिङमा निर्दोष जनतालाई गोली ठोकेर मार्ने बङ्गाल सरकारको ताण्डवको प्रतिवाद गर्दै शान्ति जुलुस निकालियो। जुलुस समरदुङबाट कमल तिम्सिनाको निवासबाट निकालीयो। जसले पुरै गाउँ परिक्रममा गर्दै गोर्खाल्याण्डको जायेज मागलाई सर्मथन जनाएको छ। गाउँ गाउँबाट गोर्खाल्याण्डको समर्थन जनाउँदै प्लाकार्ड लिएर अघि आइरहेको मानिसहरूले गोर्खाको आकांक्षा पुरा भएको हेर्न चाहेको स्पष्ट पारेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन