हामीलाई धम्की आयो, उप्रान्त सिक्किम वाहन बन्द गर्दैछौँ- लामीछाने

सिलगढीः सिक्किम राष्ट्रीय परिवहन सिलगढीका अतिरिक्त प्रबन्धक एसएल लामिछानेले आफूहरूलाई धम्की आएकोले उप्रान्त सिक्किम परिवहन ठप्प ररहने बताएका छन्।

हिजोदेखि सिलगढी एसएनटीबाट तृणमूल काङ्ग्रेसका समर्थकहरूले सिक्किमतिर आइरहेको बसहरू रोकेका थिए। यसो भएको हुँदा धेरै पर्यटक अनि सिक्किमवासीहरू समस्यामा परिरहेका छन्।

यता प्रबन्धक लामिछानेले आफूलाई जबसम्म सिक्किममा डब्ल्युबी वाहन सुरक्षितसित चल्न दिँदैन तबसम्म एसके वाहन पनि चल्न नदिने दवाब रहेको जनाएका छन्।

‘आजदेखि सिक्किम परिवहन नचलाउने धम्की छ,’ लामिछानेले भने, ‘हामीले यो कुरा सम्बन्धित निकायसम्म पनि पुऱ्याइसकेका छौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन